ग्यास्टिक (गानो) बाट बच्ने उपाय
Apr 6, 2017
ग्यास्टिकलाई गाउँघरमा वायु, गोला वा गानो भन्ने गरिन्छ । गानोको लक्षण हुने पुरुष या महिलालाई पेटमा अम्लपित्त बढी भई मुटु पोल्ने, पेट फुल्ने, खाना नपच्ने, अमिलो वा गन्हाउने डकार आउने, केही खान इच्छा नहुने, पानी खाएमा एकछिन सञ्चो हुने र केही बेरपछि फेरि उक्त लक्षण पैदा हुन जान्छ । दिसा कसैमा कसिने, कसैमा पातलो तर खलास नहुने । दिसा गर्न जादा“ पिर–पिर, पट–पट आवाज आउने हुन्छ । पेटमा असजिलो भइरहन्छ । ग्यास्टीक मानसिक कारणहरुले पनि हुन्छ । साना–तिना कुरामा चिन्ता गर्ने, अरुहरुले के भन्लान् भनी चिन्ता गर्ने, संसारमा कसैले पनि अरलार्य राम्रो भन्न रुचाउ“दैनन्, त्यसैले कसैले राम्रो भने पिर गर्नु हु“दैन । आत्मा साक्षी राखी मन, वचन तथा कर्मले राम्रो काम गर्दै जानु पर्छ । सत्य छुदैन र एक दिन सत्यको विजय अवश्य नै हुन्छ भनी ठानी चिन्ता छाचेडी मन बलिायो पारी आत्मबलको मद्दतले नै रामं्रो काम गर्दै जानु पर्छ । ग्यास्टीकमा पेटका किराहरु, कहिले ढिलो कहिले चा“डो खाना खानु, धेरै बेर जागराम बस्नु, अमिलो पिरो मसलाहरु बढी खानु भुटे तारेको परिकार खानु जस्ता कारणहरुले पनि हुन्छन् । जसलाई शारीरिक कारण भन्न सकिन्छ ।
ग्यास्टीक हुँदा के गर्ने ?
ग्यास्टीकको लक्षण भएको आफूलाई लागेमा ठीक समय निर्धारण गरी नियम पालना गरी खाना खानुहोस् । खानामा खुर्सानी तथा मसला कम गर्दै लगी बन्द गर्ने, धुम्रपान विस्तारै कम गर्दै छोडी दिने । दिसा जा“च गराई किराहरुको फुलहरु देखिन आएमा अस्पताल, हेल्थ सेन्टर हेल्थपोष्ट, चिकित्सक या कुनै कपाउण्डर सोह, अ.हे.ब, हेल्थ असिष्टेण्ट या सिष्टर, नर्स कसैस“ग पनि दिसा जाच“को रिपोर्ट देखाई पेटको कीराहरुको औषधि गर्ने । राति धेरै बेरसम्म जागराम नबस्ने तथा खाएको १ घण्टा पछाडि पानी नखाने, ४ घण्टापुगेपछि अरु केही नपाए १ ग्लास दूध खाने । खानामा भात कम र रोटी बढी खाने । फलफुल पनि खाने राती सुत्ने बेलामा दूध पिउने काम बन्द गर्ने । फलफूलमा का“क्रो, मेवा, गाजर, स्याउ इत्यादि बढी खाने । विहान–बिहान का“क्रो खाएमा ग्यास्टीकमा धेरै लाभ हुन्छ । सुन्तलाले फाइदा गर्दैन । केरा गह«ौं फल भएकोले ढिलो गरी पच्छ । पाउरोटी तथा मैदाको परिकारहरु उपचार भैरहुन्जेल नखाने । एक रोटी खाने, सेकुवा, ममचा, रक्सी, सिंगडा, सेव दालमोठ खान बन्द गर्ने । जे पनि परमेश्वरको कृपाले हुन्छ भनी ठान्ने, हिजो जे भयो त्यो ठिकै भयो भोलि जे हुन्छ राम्रो हुन्छ र आज जे भइरहेको छ त्यो राम्रै भईरहेको छ भनी सोच्ने, चिन्ता नगर्ने सोचेर होइन गरेर उन्नति हुन्छ भन्ने तथ्यमा विश्वास गने । कसैले के भन्ला ? भनी नसोची आत्माले राम्रो चिताएको कामहरु इमान्दारी, नैतिकता तथा अनुशासनको साथै देश भक्ति, राजभक्ति शिरोधार्य गरी आत्मबलले कडा मिहनेतकासाथ आफ्नो कामहरु गर्दै जानु ।
ग्यास्टिक रोकथाम गर्ने उपाय
ग्यास्टीकको शंका लागेमा ग्यास्टीकको रोकथामको लागि सबभन्दा पहिले खानाको १ घण्टा पछिसम्म पानी खान बन्द गर्नु पर्छ किनभने हाम्रो अमाशयमा खाना पचाउने रसहरु खानाभन्दा अघि खानालाई तयार रहन्छन् यदि हामीले खाना खानुभन्दा अघि पानी खान्छौ्र भने त्यो रस पातलो हुनजान्छ खानालाई राम्ररी लगाउन सक्दैन । त्यसप्रकार खाना खाएको लगतै पछि यदि हामी पानी बढी खाई दिन्छौ भने पनि त्यो रसहरुले राम्ररी खाना गलाउन सक्दैनन् । हाम्रो खानामा खुर्सानी र कडा मसलाहरु हुनु हु“दैन । खाना विस्तारै–विस्तारै चपाएर खानु पर्छ । दिसा खलास भएन भने राती सुत्ने बेलामा त्रिफलाचुर्ण खानुपर्छ । विहान सुतेर उठ्नासाथ मुख सफा गरी मन तातो पानी खानुपर्छ र केहीठ्नासाथ मुख सफा गरी मन तातो पानी खानुपर्छ र केही छिनपछि दिसा बस्न जानु पर्छ । बाक्लो पिठो (चोकर समेत) को रोटी खानुपर्छ, धुम्रपान कम गर्दै बन्द गर्नुपर्छ । (धुम्रपान छोड्नलाई “त्यसैले तपाई धुम्रपान छाड्न चाहनु हुन्छ” पुस्तक पढ्नु होस् । एसिड भएको पेय पदार्थहरु नखाने, रक्सी कम गर्दै छोडी दिने रक्सी खान बेलुकीतिर तल–तल लागेमा सल्यानी क्लिनिकमा सम्पर्क राख्ने, त्यहा“ शिक्षाको साथै राक्सी खाने इच्छा घटाउने औषधिको व्यवस्था छ । राती धेरै जागरम नबस्ने, तारेभुटेको परिकार कम खाने चिन्ता नगर्ने, परमेश्वरमा आस्था राख्ने र सन्तोषी बन्ने, आलस्या त्याग गरी हलुका व्यायाम गर्ने, रोगअनुसारको व्यायाम सल्यानी क्लिनिकमा निःशुल्क सिकाइन्छ । पानीबाट अमिवा लार्य चुरा, जियार्डिया, जुका, जस्ता किराहरु पेटमा पर्न जान्छन् । कसै–कसैलाई अकुसे जुका, टेप, पनि पेटमा हुन जान्छ । जसको लागि दिसा ज“चाई किरा भए त्यसको औषधि खाने जहाँ डाक्टर छैन त्यहा“ ३ गेडा बकाइनाेिको शिऊ चपाएर खाने त्यसले हरेक किसिमको किराहरु फालिन्छन् । सधैं ऊमालेको पानी र तातो पानीमा पकाएको ग्लासबाट पानी र जुत्ता लगाएर हिड्ने र का“चो मासु नखानेलाई कुनै किसिमको जुका पेटमा पर्दैन ।
मल्ल राजाहरु जानकारी
कान्तिपुरका मल्ल राजाहरू |
१) रत्न मल्ल २) सूर्य मल्ल ३) अमर मल्ल ४) महेन्द्र मल्ल ५) शिवसिंह मल्ल ६) लक्ष्मीनरसिंह मल्ल ७) प्रताप मल्ल ८) नृपेन्द्र मल्ल ९) पार्थिवेन्द्र मल्ल १०) भूपालेन्द्र मल्ल ११) भाष्कर मल्ल १२) जयज्जय मल्ल १३) जयप्रकाश मल्ल |
पाटनका मल्ल राजाहरू |
१) रत्न मल्ल २) विष्णु मल्ल ३) नरसिंह मल्ल, पुरन्दरसिंह मल्ल, उद्धवसिंह मल्ल ४) हरिहरसिंह मल्ल ५) सिद्धिनरसिंह मल्ल ६) श्रीनिवास मल्ल ७) योगनरेन्द्र मल्ल ८) लोकप्रकाश मल्ल ९) इन्द्र मल्ल १०) महीन्द्र मल्ल ११) वीरनरसिंह मल्ल १२) ऋद्धिनरसिंह मल्ल १३) भाष्कर मल्ल १४) योगप्रकाश मल्ल १५) विष्णु मल्ल १६) राज्यप्रकाश मल्ल १७) विश्वजित मल्ल १८) जयप्रकाश मल्ल १९) रणजित मल्ल २०) तेजनरसिंह मल्ल |
भादगाउँका मल्ल राजाहरू |
१) राय मल्ल २) सुवर्ण मल्ल ३) प्राण मल्ल ४) विश्व मल्ल ५) जगज्योर्ति मल्ल ६) नरेन्द्र मल्ल ७) जगतप्रकाश मल्ल ८) जितामित्र मल्ल ९) भूपतीन्द्र मल्ल १०) रणजित मल्ल |
कम्प्यूटर सम्बन्धि केहि शब्द र बिस्तारीत रुपहरु Full Forms of Computer Related
नेपालका राष्ट्रिय चिन्हहरू -------------------
नेपालका विश्वविद्यालयहरू
अन्तराष्ट्रीय संगठन र प्रधान कार्यलयहरु ••••••••••••••••••••••••••••
100 प्रेरक भनाईहरु
1)'रिस'को उल्टो 'सरी' पनि हुन्छ । कहिलेकाही उल्टो
बोल्दा नि फाइदा हुन्छ ।
2)मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले
सिध्याइहाल्छु.. ... उसलाई साथी बनाएर ।
3)शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक
हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा
टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन । (ii). शहरमा घरहरू
पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा
हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।
4)मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई
थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
5)दुनियामा यौटा पनि समस्या नभएको मान्छे को
होला ?
-एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
6)क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको
कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै
त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो
दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम
राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस
यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो
बर्षियोस ।
7)कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो
सामान्य, ....तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु
असाधारण बन्छन!_ _यो यौटा कला हो!!
8)मानिस भएर कहिल्यै हिम्मत
हार्नू हुँदैन किनकी पहाडबाट
निस्केको नदिले कहिल्यै कसैसंग
सोधेको छैनकि"समून्द्र कहाँ पर्छ?"
9)नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब
पौडिन आउदैन !परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त
तब बन्छ
जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !
10)परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको
सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो
हुन्छ,किनकी
संसारको नियम नै यस्तो छ कि-"जब हावा चल्छ त्यस्ले
बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने
पहिल्यै
सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।"
11)यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस
,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा
होइन....
12)जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी
विहान हुनको लागी उषाका किरण संगै शितका थोपा
झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच
ऑशुका थोपा वग्नु पर्छ..!!
13) लापरवाहीसँग जंगलमा फालिएको एक सानो
झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको
बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।
14)तिमी कसैको कामको त्यो बेला आलोचना गर जब
तिमी
उ भन्दा अब्बल सग काम गर्न सक्छौ । आलोचना भनेको
आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु
कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता
अनुसारको बनाउन सकियोस् !"
15)हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई
चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई
तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।
16)देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
17) )जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।
18)मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु
झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
19)कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ
हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।
20)मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
21)असफलता झेल्ने आँट नभएकाहरू सफलताका
हकदार हुनै सक्दैनन् ।
22)बहादुर त्यो होइन जो डराउँदैन, बहादुर
त्यो
हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
23)सबथोक पाएर दुःखी हुनुभन्दा
सबैथोक
गुमाएर सुखी हुनु महान् कुरा हो ।
24)हामीलाई लामखुट्टेले होइन हाम्रै
अल्छ्याइले टोक्छ ।
25) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति
नचिनेर गरिब भइन्छ ।
26)सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने
यसको कमी भयो भने सबभन्दा महंगो
औषधि खान बाध्य भइन्छ ।
27)सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
28)अविवाहितहरू प्रेमको प्रभावले बर्बाद
हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद
हुन्छन् ।
29)एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर
खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।
30)जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने
अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको
समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार
निक्लिन्छन्।
31)चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा
कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा
गुलियो, नभए कडा !
32)हजार खोक्रा शब्दहरूभन्दा
शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
33) जिब्रो एउटा त्यस्तो छुरी
हो जसले खुन ननिकाली काट्न
सक्छ ।
34)हज्जारौ मैनबत्ती एउटा
मैनबत्तीको प्रकाश कम नगराइ
जलाउन सकिन्छ । यसरी नै खुसी
बाढ्दा बढ्ने गर्छ ।
35)हाम्रो मस्तिष्कनै सबैथोक हो ।
हामी जे सोच्दछौ त्यही
बन्दछौ ।
36)हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता
उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
37)हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!!
तर ,
यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ
38)" खिचडी " एउटा यस्तो डीस हो,जुन मान्छेको घरमा
कम
र दिमागमा धेरै पाक्ने गर्छ!
39)केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस्
।
तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर
देखिन्छ।
40)सपना साँचो हुनका लागि सपना देख्न
जरूरी छ ।
41)तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने
मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै
गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई
पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
42) जसले समस्याको उपयोग गर्न सक्छ उसले
महानतालाई छुन सक्छ ।
42)हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर
हामी सबैले आफ्नो भविष्य बदल्न
सक्छौ ।
43) साना कुरामा भरोसा गर्नेहरूले सानै
कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा
भरोसा गर्नेहरूले ठूलै कुराको लागि
जिन्दगी दिन्छन् ।
44)असफलताका दुइ कारण छन् – एक, कसैको
सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु
45)कामलाई भोलीको बाहानामा पन्छ्याउनु नै
मानिसको सबैभन्दा ठूलो गल्ती हो ।
46)सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा
एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर
खन्नाले मिल्दछ ।
47) यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत
बनाएका हुन् ।
48)तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा
पुर्याउछ भने तल खस्न सहयोग ।
49)जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै
प्रयाश गर्दैनन् ।
50)प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की
सफलता संघर्षमा होइन भाग्यमा अडेकोवहुन्छ ।
51)उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी
त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।
52)प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर;
अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।
53)आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब’बाहिरी
संसार फिक्का लाग्नेछ ।
54)असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
55)धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’
चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नै
व्यञ्जन लाग्छ, झुपडी नै महल ।
56)गुलावको बोटमा पनि काडा छ, चम्किलो
चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा
पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता
हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको
सकरात्मकताले त्यसलाई जित्नु हो ।
57) हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै;धर्म हुदैन,
धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना
गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।
58)विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो
समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल
परिवार
बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि
आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात
आफैबाट गर ।
59)जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न
रत्तीभर पनि डर मान्दैन ।
60)निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो
सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो
असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न
सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार
गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको
बाटो पर्खिरहेको छ।
61) नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि
केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै
असफलतापछि सफलता मिल्छ।
62) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान
दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले
आफूप्रति विश्वास गर्छ।
63)सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई
पनि हानी नगर ।
65)यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो
सोचाइको उपज हो ।
66) एउटा रित्तो भाडोले नै ज्यादा आवाज
निकाल्छ ।
67) हामी को हौं, यो हामीलाई थाहा छ तर के
हामी के बन्न सक्छौ यो थाहा छैन ।
68)सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस
नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस
नखाउ ।
69) यदि हामीले विगत र वर्तमान बिचको
विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको
पाउनेछौ ।
70)हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी
उड्न सक्छ ।
71)हामी अव्यक्त शब्दका मालिक हौं तर ति
शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट
चिप्लिएका थिए ।
72) राजनीति कुनै खेल होइन, यो त कमाइ हुने
व्यापार हो ।
73) इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।
74)एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर
उम्रन्छ ।
75)मैले यो जाने की साहस भनेको नडराउनु मात्र
रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर
त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो
डरको बाबजुद अघी बढ्दछ ।
76) एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि
चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
77) जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव
लाग्दछ ।
78)शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल
विश्व बदल्न सक्दछ ।
79)मानिसको सौभाग्य भनेको थोरै भए पनि
आफ्नो योजनामा बाँच्न जुर्नु हो ।
80) सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म
त्यसैको खोजीमा छु ।
81)विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।
82)मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर
सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
83)हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन
सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष
जस्तै हुन्छ ।
84) साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत
गरिरहन्छ ।
85)अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको
साधारण नाम हो ।
86)हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ
। त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई
महानताको चुचुरोमा पुर्याउछ ।
87)आशा जागा अवस्थाको सपना हो ।
88) शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै
मिठो हुन्छ ।
89)हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
90)म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न
सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
91)जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र
अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त
कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई
सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र
हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप
मष्तिस्कको प्रतीक हो।
92)हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन
आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य
बढाईदिन्छ।
93)कसैले सोध्यो "जीवन के हो ? " अति उत्तम उत्तर ,जब
मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र
जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम
त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको
यात्रालाइ जीवन भनिन्छ।
94)हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई
चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट
खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।
95)हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ ।
त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको
चुचुरोमा पुर्याउछ ।
96)मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने
उद्येश्यले आगोको कोइला हातमा
लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।
97)यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने
सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।
98)तिम्रो सफलताको बाधक
* तिम्रो सफलताको बाधक धन होइन, किनभने
चार्ली च्याप्लीन
देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।
* तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन,
किनभने
थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय
नै
गएका थिएनन् ।
* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन,
किनभने
अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो
।
* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन,
स्टेफन
हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन,
किनभने
वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई
सबैले
सहयोग गर्न अस्विकार गरेका थिए ।
* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन
एडिसन,
अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार
असफल
भएका थिए ।
* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले
अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ ।
तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो,
कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो,
सुरक्षा खोज्नु हो....। तिमी सिवाय
यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै
दोश्रो ताकत छैन ।
99)म कसो नबनुला ?
- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार
बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले
विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका
मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी
फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक
गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने
।
- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य
कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले
विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका
मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर
विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी
गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक
बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख
खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी
भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन
।
- अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता
महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले
।
- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम
भट्टराई नेपालको प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै नामी
संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
- तिन पटक SLC फेल हिरवंश आचार्य नामी
कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक
बने ।
- कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन
साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै
धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका
ब्रुस ली मार्सल आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास गरेका महात्मा
गान्धी विश्व नेता बने ।
- तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी
धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक
बने ।
- दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको
राष्ट्पती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका
प्रधानमन्त्री बने ।
- मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन
संसारकै जिनियस वैज्ञानिक बने । भने ...
प्रयाश गर्ने हो भने, म चाँही कसो केही बन्न
नसकुला र ?
100)सफलता दश सुत्रहरु
(i)आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द
भएर लाग्नुहोस् ।
(ii)डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम
गर्न
सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने
भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।
सफलताका दश सुत्रहरु
(iii)धर्ैयशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य
बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने
कुरालाई ख्याल गर्नुहोस् ।
(iv)धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने
त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।
(v)सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै
बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।
(vi)सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको
स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा
गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट,
अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।
(vii) आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत
रहनुहोस्
। यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले
तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।
(viii) ल्ाक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ
भन्दा
पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् ।
यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ
लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
(ix)मानिसलाई सफलताको लागि पैसाको पनि
आवश्यकता
पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग
गर्नुहोस् ।
(x)सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको
माझमा मात्र बस्नुहोस् ।
केहि सफल ब्यक्तिका भनाईहरु
- प्रत्येक महान र प्रेरणादायी कुरा, स्वतन्त्रता पूर्वक काम गर्न पाएको ब्यक्तिले सृजना गरेको हुन्छ । – Albert Einstein
- स्वतन्त्रता भनेको उत्तरदायित्व हो । तेही भएर प्राय मान्छे यस देखी डर मान्छन । – George Bernard Shaw
- सम्विधान सरकारले जनतालाई नियन्त्रण गर्नको लागी बनाइएको उपकरण होईन । यो त सरकारलाई जनताले नियन्त्रण गर्न बनाइएको उपकरण हो ताकी एस्ले हाम्रो जिवन र हीतमाथी दमन गर्न नआओस । – Patrick Henry
- यदी हामी आफूले घृणा गर्ने ब्यक्तिको वाक स्वतन्त्रतामा बिश्वास गर्दैनौ भने हामी वाक स्वतन्त्रतामा नै बिश्वास गर्दैनौ । – Noam Chomsky
- तपाईको जिवनमा सधै नै कोही न कोही यस्तो ब्यक्ती अवश्य हुन्छ जस्ले तपाईलाई केहि नगर नगर भनिरहेको हुन्छ । मुख्य कुरा के हो भने , तपाई उसलाई ध्यानै नदिनोस । – Tim Robbins
- राजनितिमा सम्लग्न हुन नचाहनुले तपाईले पाउने एउटा सजाय हो, निम्न स्तरकाहरुबाट शासित हुन पुग्नु । – Plato
- जब सामानहरुले सीमा पार गर्दैनन तब सेनाले सीमा पार गर्छन । – Fredric Bastiat
- प्राय: जस्तो दासताको बाटो कस्तो हुन्छ भने, पहिले उनिहरुले तपाईको बन्दुक खोस्छन्, तेसपछी तपाईको सम्पती खोस्छन र अन्तिममा तपाईलाई चुप लाग्न र रमाइलो भैरहेको छ भन्न आदेश दिन्छन । – James A. Donald
- प्रत्येक मान्छेसँग आफैंमा एउटा यस्तो सम्पती हुन्छ जसमाथी उस्को बहेक अरु कसैको हक लाग्दैन । त्यो हो उस्को शरीरको श्रम र उस्को हातको काम । – John Locke
- म राजनितिमा चाख यसकारण राख्छु ताकी मैले कुनै दिन यसमाथि चाख राख्नु नपरोस । – Ayn Rand
केहि मननीय भनाईहरु
१.“अबिबाहितहरु प्रेमको प्रभाबले वर्बाद हुन्छन्,
बिबाहितहरु प्रेमको अभाबमा वर्बाद हुन्छन्” |
२. “खान नपाएर थोरै मान्छे मर्छन,
खान नजानेर धेरै मान्छे मर्छन” |
३.”धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ,
गुणी बन्न खोज्ने मान्छे धनी बन्छ” |
४.”सुख खोज्नु पर्दैन, दुखको सदुपयोग गरे पुग्छ” |
५. “गरीब त्यो होइन जसले बिस्त्र किन्न सक्दैन,
गरीब त्यो हो जसको महँगो बिस्त्र भएर पनि सुत्न सक्दैन” |
६. “सब भन्दा सस्तो औषधी हाँस्य हो, यसको कमी भयो भने,
सब भन्दा महँगो औषधी खान बाध्य भईन्छ” |
७. “सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो” |
८. “भिन्नै खाले राजनेता नभए सम्म,
भिन्नै खाले राजनीतिको सम्भावना नै छैन” |
९. “व्यापारीले कमाउन सकेन भने ऊ बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ” |
१० “पुस्तक पढेर पनि जीवन बदलिदैन भने त्यो पुस्तकै हैन,
अक्षर संग्रह मात्र हो, या त्यो पाठक नै होइन अक्षर गन्न मात्र हो” |
११. “बहादुर त्यो होइन जो डराउँदैन,
बहादुर त्यो जो डरका बाबजूद पनि अघि बढ्न सक्छ” |
१२. “सम्पति नभएर गरिब भईदैन,
भएको सम्पति नचिनेर गरिब होइन्छ” |
१३. “यदि रोगबाट मुक्ति पाइंदैन भने अपार सम्पति भएर के,
यदि रोगी छैन भने अपार सम्पतिको आबश्यक्त के” |
१४. “जसले आमाबाबुलाई प्रेम दर्शाउन सक्दैन,
उसले आफ्ना छोराछोरीहरुबाट प्रेम खोज्नु अपराध हो” |
१५. “यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ,
विज्ञानमा यदि धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ” |
१६. “हरेक पति पत्नीको ऐना हो | ऐना भित्रको चित्र बदल्नालाई
आफू नबदलीई सुखै छैन” |
१७. “तपाइंको परिवार स्वस्थ्य रहन घरमा औषधीको पोको होइन, फलफूलको डोको ल्याउने गर्नुहोस” |
१८. “थोरै दिनु पनि धेरै पाउनु हो” |
१९. “प्रत्येक सफल पतिको पछाडी पत्नीको हात हुन्छ, त्यस्तै यो पनि सत्य हो कि हरेक असफल
पतिको पछाडी पनि पत्नी कै हात हुन्छ | त्यसैले पतिलाई सफल वा असफल बनाउनुमा
पत्नीको निकै ठूलो भूमिका हुन्छ | परिवारको जहाजलाई डुवाउने वा पार लगाउने भन्ने कुरा
पत्नी माथि निर्भर रहन्छ” |
२०. “धन भनेको कम्पोस्ट मल जस्तै हो | यदि यसलाई धेरै ठाउँमा फैलायो भने धेरै ठाउँको कल्याण
गर्छ | यदि यसलाई एकै ठाउँमा थुपारियो भने यसले दूर्गन्ध फैलाउने बाहेक अरु केहि गर्दैन” |
२१. “अर्कालाई सुख बाँड्नको लागि पहिले आफै सुखी बन्नु पर्दछ
कारण सुखीले मात्र सुख बाँड्न सक्छ दुखीले हैन” |