Nepal Flag

मुक्तक

Jan 22, 2013

तिम्रो मायाँको सागरमा डुबेको छु भन्थेँ
केबल आफ्नै आँशुको सागरमा डुबेको रहेछु
साहारा तिम्रो जिबन भर पाएँ भन्थेँ
अभागी जीबन केबल एक्लै पो रहेछु !!
Continue Reading | comments

मैले तिमीलाई माया गरे

Jan 7, 2013


मैले तिमीलाई माया गरे
तिमै्र भरमा परे
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ

तिमीलाई खुशी देख्न अरुको खुशी छिनियो
तिम्रै लागि जिवनमा कइयौ दुःख सहियो
जब भरोसा रेटियो आँखाबाट आँसु छल्कियो
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ

तिम्रो आँसु देख्दा घेरैको हाँसो खोसियो
तिम्रो माया पाउन ज्यानकै दाउ थापियो
जब निराशा भेटियो आँखाबाट आँसु छल्कियो
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ

मैले तिमीलाई माया गरे
तिमै्र भरमा परे
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ
Continue Reading | comments

ओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन




ओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन
रातो लाली मेरो ओठमा सरेको भुल्या छैन

झरना सरी झरेको केश, मुहारबाट हटाएर
चुमेर ओठ सुस्तरी तल झरेको भुल्या छैन

तिमी नौलो म 'नी नौलो, हामी थ्यौ नौलो
नयाँ तरङ्ग नयाँ बास्ना छरेको भुल्या छैन

साह्रै थ्यौ तिर्खाएका, हामी दुई 'एक' प्यासी
मेटाई तिर्खा टन्न आत् भरेको भुल्या छैन

अनौठो थ्यो त्यो अनुभब्, हामी छक्क थ्यौ
स्वर्गकै आभास् भई दंग परेको भुल्या छैन

तिम्रो मस्ती मेरो मस्ती, खै के के भो मस्ती
भोलीपल्ट सर्माई लाजले मरेको भुल्या छैन

आँखा आँखा जुधेर मैले के के ईशारा दिदाँ
ओठ टोकी लजाई आँखा तरेको भुल्या छैन
Continue Reading | comments

प्रेम दिवस


प्रेम दिवस

प्रेम दिवश उस्को हैन सधै रुन्छ मान्छे
कोही आफ्नो नभएर एक्लै हुन्छ मान्छे ॥


रमाईला तिता मिठा भाब ब्यक्त गर्न
जिन्दागीका आशा हरु एक्लै बुन्छ मान्छे ॥


आफ्नै मनको पिडाहरु बिष्पोट हुने होकी
छटपट्टीमै आँशु बनि एक्लै चुहुन्छ मान्छे॥


किन चाहीयो बाहीरी सुख मुटु जलन हुँदा
बियोगमा आफ्नै धुन एक्लै सुन्छ मान्छे ॥


प्रेम दिवश उसैकोहो जस्को लागि संसार 
योमनलाई कुल्चिएर आकाश एक्लै छुन्छ मान्छे ॥


प्रेम दिवश उस्को हैन सधै रुन्छ मान्छे
कोही आफ्नो नभएर एक्लै हुन्छ मान्छे ॥

टिकाराम गैातम
जरायोटार-0४,सिन्धुली
हाल काठ्माण्डैा
Continue Reading | comments

प्रेम दिवस


मिरमिरेको लाली पोति प्रेम-दिवस आयो |
तिम्रो-मेरो प्रेमिल् सुवास चारै तिर छायो ||
पिरतीको रंगीन् फुल जता-ततै आज |
सजाई राखें त्यही फुल दुइ मुटुको माझ ||

भमरा म, फुल तिमी बगैंचा र बन |
प्रेम-रसको मात लाग्यो हिजो भन्दा झन ||
संसार नै सानो देख्छु,तिम्रो माया पाउँदा |
डाहा लाग्छ मेरै पछि आफ्नै छाँया आउँदा ||

तिमी आगो बन्यौ भने पानी बनि दिउँला |
दुनियालाई यस्तै मेरो बानी भनि दिउँला ||
तिमी हिंड्दा फुलको ओंठ्ले पाइला चुमी देओस् |
काँडा पनि लजाएर त्यही झुमी देओस् ||

जीवन हाम्रो मरे पनि माया बाँची रहोस् |
नश्वर जीव हरे पनि आत्मा साँची रहोस् ||
हरेक दिन प्रेम-दिवस आई रहे हुन्थ्यो |
किरणले तिम्रो माया पाई रहे हुन्थ्यो ||
Continue Reading | comments

सच्चा प्रेमी हु म पनि


सच्चा प्रेमी हु म पनि

सच्चा प्रेमी हु म पनि
हार कहिल्यै मान्ने छैन
जसले जे जे भने पनि
माया गर्न छाड्ने छैन ।


ढुङ्गा जस्तो तिम्रो मन
पग्लिने छ एक दीन
सक्दिन बाँच्न म त
तिमी बिना एकै छिन ।


नौनी बनाई पगाल्ने छु
तिम्रो त्यो ढुङ्गे मनलाई
आफ्नो बनाई छाड्ने छु म
फुल झै राम्री तिमीलाई ।
Continue Reading | comments

कुरा मात्र काट्ने लाई त नेता भन्छन



कुरा मात्र काट्ने लाई त नेता भन्छन हजुर।
संधै भरि ढाट्ने लाई त नेता भन्छन हजुर ।।

नेताजी को नियम हो कि चलेको यो चलन खै।
गल्ति मात्रै आट्ने लाई त नेता भन्छन हजुर।।

मरि मरि हड्डी घोटी खेति जब गरे पछि ।
नफक्रिदै झाट्ने लाई त नेता भन्छन हजुर।।

सक्छौ भने हान गोलि छाती मेरो तयार नै छ।
आफ्नो पन साट्ने लाई त नेता भन्छन हजुर।।

रोगले या शोकले होस् कुकुर पनि बौलाउछ।
आफैं थुक्दै चाट्ने लाई त नेता भन्छन हजुर।।

रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
Continue Reading | comments

सहमति

Dec 14, 2012

सहमतिको नाममा देशलाइ अनिर्णयको बन्दि बनाउन तल्लीन हाम्रा नेताले किन सहमतिको लागि समय मागिरहेका छन् के समय अपुग भएरै होत, यदि हो भने हामिले जम्मा तिन घण्टा परीक्षामा सामेल भएर लेख्न नसक्दा फेल हुन्छैा तर राजनैतिक दलका नेतालाइ जति समय थप्दा पनि नपुग्ने अब चै हाम्रा दलहरूले यो थपिएको पाँच दिनको समयलाइ परीक्षाको रूपमा लिएर साच्चिकै सहमति गरी दलहरूबाट सहमति भएको खबर सुन्न आतुर लाखैा नेपालीलाइ खुसीको सञ्चार दिए राम्रो हुन्थ्यो की ।
Continue Reading | comments

यौनबर्द्धक औषधिले लिङ्ग क्षतबिक्षत

Sep 1, 2012


यौनबर्द्धक औषधिले लिङ्ग क्षतबिक्षत

एक शत्तिबर्द्धक औषधि सेवन गरेर यौनसम्पर्क राख्दा आफूलाई निकै पिडा भएको टेक्सासका एड्रियन कार्टरले बताए । उनको लिंगबाट निकै रत्तश्राब भएको थियो । यत्तिसम्म कि लिंग आएको रगतको छिट्टा कोठाको भित्ता र झ्यालका सिसासम्म पुगेको उनले बताए । तत्काल डाक्टरले उनको लिंगको उपचार त गरे । तर, यसैकारण अब उनको सन्तान नहुने भएको छ । उनले उक्त औषधि निर्माण गर्ने कम्पनी हट हेथ लिमिटेड विरुद्ध मुद्धा हालेका छन् ।
Continue Reading | comments

संकट, सेवा र सजाय­ मानव इतिहासको अपरिहार्य सत्य

Aug 11, 2012


संकट, सेवा र सजाय­ मानव इतिहासको अपरिहार्य सत्य


गोली चलेको ठाउँ छोडेर जान आग्रह गर्ने आलीलाई बचाउन स्टेफनी कुनैबेला आफूलाई पनि गोली लाग्ने संभावनाको वास्ता नगरी गोली लागेको ठाउँमा औंला राखेर रगत थाम्न व्यस्त थिईन । साथीले आफूलाई यसै रगतको आहालमा डुबेर साथीको जीवन बाँचोस्, एउटीको वलिदान, अन्तिम समयसम्म घाईते साथीको साथ दिएर आफ्नो मृत्यु अंगाल्ने अर्कीको कटिबद्धता । परिणाम एकजना घाईते अर्को जिवित । आफ्नो कथा सुनाउन दुवै जीवित रहे ।
तेह्र वर्षीया केलन गोली लागेकी ६ वर्षकी भेरोनिकालाई बचाउन आफूलाई कुनैपनि बेला गोली लाग्ने संभावनाकोबारे विचारै नगरी ‘सीपीआर’ गर्दै रहिन् । अनियन्त्रित जमातको मिचाईको कारण बचाउन नसके पछि लाचार केलन खेदपूर्ण मनस्थितिले बाहिरिएर जीवित रहन सक्षम भए पनि मानसिकरुपले आफूलाई मृत अनुभव गर्छिन् । भेरोनिकाको सट्टा आफ्नो जीवन दिनु परेको भए उनी सहर्ष त्यो निर्णय स्वीकार गर्थिन रे ।
अपराधीलाई फेरि भित्र पस्न नदिन जबर्जस्ती ढोकाबन्द गरेर अरु असंख्य जीवन जोगाउन सक्षम एरेक हन्टरले आफ्नो जीवनबारे सोच्नु पर्ने समेत ठानेनन् । अलेक्जेन्डर ट्राभीस आफ्नी गर्लफ्रेन्ड अमान्डाको अगाडि ढाल बनेर अमान्डालाई लाग्नसक्ने गोली आफूले स्वीकारेर दिवंगत भए भने जन लरीमार आफ्नी गर्लफ्रेन्ड जुलियालाई गोली लाग्न नदिन आफू मृत्यू अंगाल्न तत्पर भए । म्याथ्यु म्याक्वीन र जोन ब्लन्क समेत आ­आफ्ना गर्लफ्रेन्डको जीवन वचाएर दिवंगत भएका थिए ।
कुनै काल्पनिक उपन्यास या कुनै चलचित्रको कथाको जस्तो लाग्ने उधृत प्रसंगहरु प्रेम र वलिदानका वास्तविक दस्तावेजहरु हुन् । कुनै व्यक्ति भित्रको पशुत्वले विजय प्राप्त गरेकोबेला प्रस्फूटित हुने अरु मान्छे भित्रको देवत्वका ज्वलन्त उदाहरण हुन् । रावणहरु, कंशहरु, दुर्योधनहरु जन्मिने बित्तिकै रामहरु, कृष्णहरु पाण्डवहरुको अवतार सभ्यताको अभिन्न अंग ईतिहासमा लुकेको छैन ।
कोलोर्याडोको न्यानो घाम अस्ताएर जमिन चिसिनुअघि देखि अरोराको थिएटर मा चर्चित नयां सिनेमा ‘डार्कनाईट राईजेज’ को टिकट लाईनमा लाम लागेका युवाहरुले दुई घन्टाको मनोरञ्जनको निश्चिततामाथि मुक हस्ताक्षर गरेका थिए । मिल्ने साथीहरु, गर्लफ्रेन्ड व्वाईफ्रेन्डहरु, वावुछोरीहरु, आमाछोरीहरु आ­आफ्ना सम्बन्धको उत्सव मनाउन गएका थिए । जन्मोत्सव, विवाहोत्सव, पुनर्मिलनको उत्सव आदि उत्सव आफन्तसँग बाँड्ने निहुँले जम्मा भएको जनसमूहबीच अनायास र अप्रत्याशित तवरले मान्छे भित्रको राक्षसी क्रुरताले सिर्जित मृत्यूको विभत्स संक्रमणले माथि उल्लेखित देवताहरु जन्माएको थियो ।
यसअघिका अरु थुप्रै अवसरहरुको दुईघन्टा जस्तै यो दुईघन्टा ती सवैको जीवनको सानो अंश मात्र थियो । अरु समयका दुईघन्टा जस्तै त्यो दुईघन्टा भन्दा अगाडीको र त्यो दुईघन्टा भन्दा पछाडीको समय पनि थुप्रै योजना भित्र वांडिएको थियो । सुत्ने, उठ्ने, दाँत माझ्ने, नुहाउने, लुगा फेर्ने, काममा जाने, केटाकेटीलाई समर क्याम्पमा पुर्याउने, विहेको योजना बनाउने सामान्य ठानिएका नियमित तालिकाले भित्तामा झुण्ड्याइएको सबैको पात्रो भरिएको थियो । दुई घन्टाको लागि अनुपस्थित पि्रयजनको अन्त्येष्टीको तयारी कसैको क्यालेन्डरको हिस्सा थिएन । जीवनका सवै परिच्छेदहरु आफ्नो खटनमा ठान्न पुगेका हामी सबैलाई नियतिले बेलाबेला यस्तै यस्तै घटना र दूर्घटनाको माध्यमले झस्काउने गरेपछि शायद मान्छेले आफ्ना सम्वन्धका परीक्षाहरुको सामना गर्न पुग्छ । यस्ता परीक्षामा अर्काको जीवनलाई आफ्नो जीवनभन्दा माथि राख्ने शायद सबैभन्दा बढी अंकमा उत्तीर्ण हुन्छ।
हो, महिना पुग्न पनि बाँकी नै भएको कोलोर्याडो स्थित अरोराको थियटरमा भएको गोलीकान्डमा दिवंगत एकदर्जन मध्येका झन्डै आधाजसोको मृत्यू वास्तवमा शहिदको मृत्यु थियो । माथि उल्लेख गरिएको सन्दर्भ त्यहि विभत्स घटना भित्रका शहिदहरुको हो ।
शतवन्त सिंह कलेका अनि पुलिस अपlmसर व्रायन मर्फी पनि केहि दिन अघि मात्र विन्सकान्सनको गुरुद्वारामा भएको जघन्य गोली काण्डका देवत्व अवतार भए । पहिलोले शहिद भएर धेरैलाई जोगाए भने पुलिस अपlmसर मर्फीले आधादर्जन भन्दा वढि गोली थापेर थुप्रैलाई बचाए ।
एकदशक अगाडी अमेरिकामाथि भएको यस्तै दानवी हमलाको बेला पनि अर्काको लागि आफ्नो जीवनलाई मृत्युको मुखमा पुर्याउने थुप्रै दैवी रुपहरु देखिएका थिए । पदवीको कुनै पगरी नभिरेका सामान्य छिमेकी र मित्रदेखि लिएर देशको सुरक्षाको अभिभारा भिरेका कार्यकर्ताहरुको बलिदानको लामो सूची ईतिहासको गर्भमा लुकेको छैन ।
‘यदा यदा हि धर्मस्य­­­­­­­­संभवामि युगे युगे”भने झैं सबै प्रकारका धर्मग्रन्थ, पुराण र मानव ईतिहासले उल्लेख गरेका दानवी घटना दूर्घटनाबाट देवत्वको जन्म भएको पुष्टी त हुने गरेकै छ । तर पनि आफू भित्र रहेको देवत्ववाट धेरैजसो मान्छेहरु अनिभिज्य रहेर अन्याय, अत्याचार, अमानवियताका सामु आत्मसमर्पण गर्न पुग्छौं । सम्बन्धहरु आखिरी परीक्षाको कसीमा उत्रिनु पर्दाका त्यागहरु तीनै सम्वन्धहरुलाई पनि थाहा हुँदैन ।
चलचित्रमा चित्रित काल्पनिक महापुरुष संकटकालीन परिस्थितिमा वास्तविक मान्छेको हृदयमा प्रस्फुटित उदाहरणहरुमा दोस्रो विश्वयुद्दमा जर्मन सैनिकहरुको पाशविक यातनाको शिकार हुने यहुदीहरुलाई गोप्य रुपले संरक्षण र शुरक्षा गर्न आफ्नु र आफ्नो परिवारको जीवनको बाजी थाप्ने जर्मनहरुको हिसाव ईतिहाससँग सुरक्षित छ । अरु युद्दको आगो निभिसकेपछि निर्दोष मानव समुदाय बिरुद्दको त्यो दानवी हवनको लेखाजोखामा सुकर्मीहरु पुरष्कृत र कुकर्मीहरु दण्डित भएको तथ्य को द्रष्टा यहि मानव जाति छ । जर्मनीका अतिरिक्त फ्रान्स, पोल्यान्ड, नेदरल्यान्ड, अष्ट्रेलियाभरीका यहुदीहरुको सामूहिक आहुतीदिन कटिवद्ध जर्मन आदेशको विपरित यहुदी छिमेकी र मित्रहरुको जीवन जोगाउन आफ्नो जीवन दाउमा राख्ने दैवी ह्रदयभएका मान्छेहरुको संख्या ईतिहासका पानाभरी कोरिएको छ ।
‘कानुनको घरमा ढिलाई छ तर अंध्यारो छैन’ भन्ने भनाईलाई चरितार्थ गर्न आधा शताव्दी पछि पनि विश्वले सबैभन्दा बढी खोजीगरेका जर्मन अपराधी लाज्लो सतारीलाई हंगेरीमा भर्खरै हिरासतमा लिईएको समाचार पर्याप्त हुन्छ । त्यसवेला आफूभन्दा माथिकाहरुको आदेशको पालना गरेको सफाई दिने ९७ वर्ष पुगिसकेका सतारी अहिलेको स्लोभाकियाबाट हजारौं यहुदीलाई युव|mेन हुँदै पोल्यान्डको अलस्वीचरुपी मृत्युको मुखमा धकेलिदिएको आरोपबाट चोखिन खोजेका देखिन्छन् ।
हाम्रो मुलुकको ईतिहासका पानाहरु पनि बेलाबेलामा दानवीय सामुहिक हत्याको रंगबाट बञ्चित भेटिंदैनन् र यस्तो परिस्थितिमा मान्छे भित्रको देवत्वको समेत अभाव भेटिएको छैन । संख्या र गहनताको प्रश्न आफ्नै ठाउँमा भए पनि अभाव भने पक्कै छैन । ईतिहासका पानाहरु जति पुराना र धमिरा लागेका भेट्टिन्छन् देवत्वको परिमाण त्यति नै गहकिलो भए पनि निमिट्यान्न अझै भएको छैन।
‘मेरा दुवै छोराहरु वेपत्ता भएको एक दशक नाघिसक्यो’
‘घांस काट्न पठाएकि वुहारी नफर्केको नौ वर्ष भयो’
‘भान्जालाई घरैको आंगनमा दशैंमा कुभिन्डो जस्तै गिडिदिए’
‘काकाका दुवै हातखुट्टा छुट्ट्याएर गिंड गोठमा छाडिदिएछन् पापीले’
प्रकृतिले आफ्नो सुन्दरता लोभ नगरी खन्याएको हाम्रो मुलुकका कलंकहरु पनि यस्ता थुप्रै छन् ।
देश बनाउने र सुधार्ने अनि डल्लीकी आमा र रनेको बाबुका आँखामा उज्यालो भर्ने आश्वासनमा उनीहरुजस्ता अनगिन्ति काखहरुबाट र मनहरुबाट खोसिएका निरीह जीवनको लेखाजोखा मात्र हैन त्यस्तो विभत्सताका उत्तरदायीहरुले कठघराको हावा पनि देख्न नपाउनु बिडम्वना त छँदैछ अरु यस्तो परिस्थितिलाई सभ्यताको प्रवि|mयाकै अपवाद मान्नु पर्दा अनुहार रातो हुन्छ लाजले ।
हिमाली श्रृँखलाको पर्खालले शायद निर्दोष लाचार र बेसहाराको सहारा कानुनका न्यायहरुलाई पनि छेकेको होला, हाम्रा हराएका, सडाएका, लडाएका, भगाएका आत्माको चित्कार माछापुच्छे्र, धौलागिरी अनि सगरमाथाको भित्तामा ठोक्किएर जताबाट आएको त्यतै फर्किएको जस्तो लाग्छ ।
न्याय र सजायका दुवैहात निकम्मा कानुन आफैं दमले स्याँस्याँ गर्दै घसि्रएर एउटा सिंढी चढ्न पनि नसक्ने स्थितिमा छ । ६ दशक अगाडिको जघन्य अपराधको उत्तरदायी ठहरिएका आफैं मृत्युको मूलढोका अगाडी पुगेका जर्मन शैनिक लाज्लो सतारीलाई आप\mनो कर्मको फल भोग्न बाध्य बनाउन सक्ने विश्वको मानव कानुनको ठगेको छुन नसक्ने हाम्रो मुलुकको कानुन र कानुनी व्यवस्था अनि त्यसका निर्माणक र निर्णायक त धन्य छँदैछन् , तर त्यो सवैको मुकदर्शी हामी सबै समेत धन्य छौं ।
प्रकाशित मिति : २०६९ साउन २७ गते ।
Continue Reading | comments

Pageviews

Followers