Nepal Flag

पख, म तिम्रो लागि प्रेम पत्र कोर्दैछू

Feb 13, 2013




पख, म तिम्रो लागि प्रेम पत्र कोर्दैछू
भावनाको आँखाका प्रत्येक सपना पोख्दै छू
आशाको दियो जलाउदै अनि इच्छाको पाइला चलाउदै
तिमिसम्म पुग्ने सवारी खोज्दै छु ।

मायालाइ नपोखिने गरि जोख्नलाइ
चाहनाको आधुनिक तराजु तयार गर्दैछू
पख, म तिम्रो लागी प्रेम पत्र कोर्दैछू
अदभुत भनिएका मायाका शब्द खोज्दै छु ।

लुकेका दिलका गल्ली चहार्दै
नछुटाइ भावनाका पोको खोल्दैछु
पख, म तिम्रो लागि प्रेम पत्र कोर्दैछु
तिमि र म लाइ ‘हामी’ पार्दैछु ।
Continue Reading | comments

मुक्तक

Jan 22, 2013

तिम्रो मायाँको सागरमा डुबेको छु भन्थेँ
केबल आफ्नै आँशुको सागरमा डुबेको रहेछु
साहारा तिम्रो जिबन भर पाएँ भन्थेँ
अभागी जीबन केबल एक्लै पो रहेछु !!
Continue Reading | comments

मैले तिमीलाई माया गरे

Jan 7, 2013


मैले तिमीलाई माया गरे
तिमै्र भरमा परे
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ

तिमीलाई खुशी देख्न अरुको खुशी छिनियो
तिम्रै लागि जिवनमा कइयौ दुःख सहियो
जब भरोसा रेटियो आँखाबाट आँसु छल्कियो
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ

तिम्रो आँसु देख्दा घेरैको हाँसो खोसियो
तिम्रो माया पाउन ज्यानकै दाउ थापियो
जब निराशा भेटियो आँखाबाट आँसु छल्कियो
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ

मैले तिमीलाई माया गरे
तिमै्र भरमा परे
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ
Continue Reading | comments

ओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन




ओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन
रातो लाली मेरो ओठमा सरेको भुल्या छैन

झरना सरी झरेको केश, मुहारबाट हटाएर
चुमेर ओठ सुस्तरी तल झरेको भुल्या छैन

तिमी नौलो म 'नी नौलो, हामी थ्यौ नौलो
नयाँ तरङ्ग नयाँ बास्ना छरेको भुल्या छैन

साह्रै थ्यौ तिर्खाएका, हामी दुई 'एक' प्यासी
मेटाई तिर्खा टन्न आत् भरेको भुल्या छैन

अनौठो थ्यो त्यो अनुभब्, हामी छक्क थ्यौ
स्वर्गकै आभास् भई दंग परेको भुल्या छैन

तिम्रो मस्ती मेरो मस्ती, खै के के भो मस्ती
भोलीपल्ट सर्माई लाजले मरेको भुल्या छैन

आँखा आँखा जुधेर मैले के के ईशारा दिदाँ
ओठ टोकी लजाई आँखा तरेको भुल्या छैन
Continue Reading | comments

प्रेम दिवस


प्रेम दिवस

प्रेम दिवश उस्को हैन सधै रुन्छ मान्छे
कोही आफ्नो नभएर एक्लै हुन्छ मान्छे ॥


रमाईला तिता मिठा भाब ब्यक्त गर्न
जिन्दागीका आशा हरु एक्लै बुन्छ मान्छे ॥


आफ्नै मनको पिडाहरु बिष्पोट हुने होकी
छटपट्टीमै आँशु बनि एक्लै चुहुन्छ मान्छे॥


किन चाहीयो बाहीरी सुख मुटु जलन हुँदा
बियोगमा आफ्नै धुन एक्लै सुन्छ मान्छे ॥


प्रेम दिवश उसैकोहो जस्को लागि संसार 
योमनलाई कुल्चिएर आकाश एक्लै छुन्छ मान्छे ॥


प्रेम दिवश उस्को हैन सधै रुन्छ मान्छे
कोही आफ्नो नभएर एक्लै हुन्छ मान्छे ॥

टिकाराम गैातम
जरायोटार-0४,सिन्धुली
हाल काठ्माण्डैा
Continue Reading | comments

प्रेम दिवस


मिरमिरेको लाली पोति प्रेम-दिवस आयो |
तिम्रो-मेरो प्रेमिल् सुवास चारै तिर छायो ||
पिरतीको रंगीन् फुल जता-ततै आज |
सजाई राखें त्यही फुल दुइ मुटुको माझ ||

भमरा म, फुल तिमी बगैंचा र बन |
प्रेम-रसको मात लाग्यो हिजो भन्दा झन ||
संसार नै सानो देख्छु,तिम्रो माया पाउँदा |
डाहा लाग्छ मेरै पछि आफ्नै छाँया आउँदा ||

तिमी आगो बन्यौ भने पानी बनि दिउँला |
दुनियालाई यस्तै मेरो बानी भनि दिउँला ||
तिमी हिंड्दा फुलको ओंठ्ले पाइला चुमी देओस् |
काँडा पनि लजाएर त्यही झुमी देओस् ||

जीवन हाम्रो मरे पनि माया बाँची रहोस् |
नश्वर जीव हरे पनि आत्मा साँची रहोस् ||
हरेक दिन प्रेम-दिवस आई रहे हुन्थ्यो |
किरणले तिम्रो माया पाई रहे हुन्थ्यो ||
Continue Reading | comments

सच्चा प्रेमी हु म पनि


सच्चा प्रेमी हु म पनि

सच्चा प्रेमी हु म पनि
हार कहिल्यै मान्ने छैन
जसले जे जे भने पनि
माया गर्न छाड्ने छैन ।


ढुङ्गा जस्तो तिम्रो मन
पग्लिने छ एक दीन
सक्दिन बाँच्न म त
तिमी बिना एकै छिन ।


नौनी बनाई पगाल्ने छु
तिम्रो त्यो ढुङ्गे मनलाई
आफ्नो बनाई छाड्ने छु म
फुल झै राम्री तिमीलाई ।
Continue Reading | comments

कुरा मात्र काट्ने लाई त नेता भन्छन



कुरा मात्र काट्ने लाई त नेता भन्छन हजुर।
संधै भरि ढाट्ने लाई त नेता भन्छन हजुर ।।

नेताजी को नियम हो कि चलेको यो चलन खै।
गल्ति मात्रै आट्ने लाई त नेता भन्छन हजुर।।

मरि मरि हड्डी घोटी खेति जब गरे पछि ।
नफक्रिदै झाट्ने लाई त नेता भन्छन हजुर।।

सक्छौ भने हान गोलि छाती मेरो तयार नै छ।
आफ्नो पन साट्ने लाई त नेता भन्छन हजुर।।

रोगले या शोकले होस् कुकुर पनि बौलाउछ।
आफैं थुक्दै चाट्ने लाई त नेता भन्छन हजुर।।

रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
Continue Reading | comments

सहमति

Dec 14, 2012

सहमतिको नाममा देशलाइ अनिर्णयको बन्दि बनाउन तल्लीन हाम्रा नेताले किन सहमतिको लागि समय मागिरहेका छन् के समय अपुग भएरै होत, यदि हो भने हामिले जम्मा तिन घण्टा परीक्षामा सामेल भएर लेख्न नसक्दा फेल हुन्छैा तर राजनैतिक दलका नेतालाइ जति समय थप्दा पनि नपुग्ने अब चै हाम्रा दलहरूले यो थपिएको पाँच दिनको समयलाइ परीक्षाको रूपमा लिएर साच्चिकै सहमति गरी दलहरूबाट सहमति भएको खबर सुन्न आतुर लाखैा नेपालीलाइ खुसीको सञ्चार दिए राम्रो हुन्थ्यो की ।
Continue Reading | comments

यौनबर्द्धक औषधिले लिङ्ग क्षतबिक्षत

Sep 1, 2012


यौनबर्द्धक औषधिले लिङ्ग क्षतबिक्षत

एक शत्तिबर्द्धक औषधि सेवन गरेर यौनसम्पर्क राख्दा आफूलाई निकै पिडा भएको टेक्सासका एड्रियन कार्टरले बताए । उनको लिंगबाट निकै रत्तश्राब भएको थियो । यत्तिसम्म कि लिंग आएको रगतको छिट्टा कोठाको भित्ता र झ्यालका सिसासम्म पुगेको उनले बताए । तत्काल डाक्टरले उनको लिंगको उपचार त गरे । तर, यसैकारण अब उनको सन्तान नहुने भएको छ । उनले उक्त औषधि निर्माण गर्ने कम्पनी हट हेथ लिमिटेड विरुद्ध मुद्धा हालेका छन् ।
Continue Reading | comments

Pageviews

Followers