Nepal Flag

बिश्वो सम्पदा सुचिमा सुचिकृत ६३० मध्ये १०

Feb 16, 2015

बिश्वो सम्पदा सुचिमा सुचिकृत ६३० मध्ये १० ओटा नेपालमा पर्ने सम्पदाको विवरण

आर्थिक, सामरिक, प्राविधिकलगायत सम्पूर्ण कुरामा अमेरिका र युरोपियन मुलुकलाई टक्कर दिने हैसियतमा उदाइसकेका एसियाका दुई ठूला मुलुकहरू चीन र भारत । यिनै दुई मुलुकको भुगोलभित्र घेरिएको सानो मुलुक नेपालको भौगोलिक अवस्था विविधतायुक्त छ । दक्षिणमा समुद्री सतहबाट ७० देखि २०० मिटरको उचाईमा रहेको तराई प्रदेशदेखि लिएर उत्तरमा ८,८४८ मिटर अग्लो सगरमाथासम्मको अध्ययन गर्दा भौगोलिक प्राकृतिक भिन्नताको अनुभूति सजिलै गर्न सकिन्छ । त्यसो त प्रकृतिकमात्रै होइन सांस्कृतिक दृष्टिकोणले पनि नेपालको पहिचार विश्वमै फरक छ । बिदेशबाट वर्षेनी नेपाल आउने लाखौं पर्यटकहरू यहाँको प्राकृतिक र जीवित प्राचीन सांस्कृतिक महत्वका सम्पदाहरू अवलोकन गरेर लठ्ठ पर्छन् । नेपालको प्राकृतिक र सांस्कृतिक मुल्य, विश्व सम्पदा सूचीमा परेका १० वटा धरोहरले पनि प्रष्ट पार्छन् । विश्व क्षेत्रफलको हिसाबले करीब ०.०३ प्रतिशत मात्रै ओगटेको नेपालमा विश्व सम्पदा सूचीमा छानिएका विश्वका ६ सय ३० मध्ये १० वटा पर्नु अति नै गर्ब गर्न लायक कुरा हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठन (UNESCO) ले सन् २००० जुन ९ मा प्रकाशन गरेको विवरणमा विश्वका ११८ देशका जम्मा ६३० मध्ये नेपालका १० वटा विश्व सम्पदा सूचिमा समेटेको थियो । कूल ६३० मध्ये ४०० सांस्कृतिक, १२८ प्राकृतिक र २२ वटा मिश्रित स्थल छन् । विश्वमै उदाहरणीय र अनुलनीय रूपमा आफ्नो महत्व बोकेका स्थलहरूलाई आगामी पूर्खाहरूका लागि जीवित राख्ने उद्देश्यले (UNESCO) ले थालेको निगरानी र संरक्षणभित्र नेपालका १० स्थल पर्नु नेपालकै लागि निक्कै गौरबको कुरा हो । बेलायतको लण्डन शहर, भारतको ताजमहल, फ्रान्सको पेरिस, रूसको मस्को, चीनका तिब्बत र विशाल पर्खाललगायतका सूचीमा नेपालका काठमाडौं, भक्तपुर र पाटनलगायत १० स्थल पर्नुले नेपालको पर्यटन सम्भावना विश्वमा झनै फैलिन पाएको छ । नेपालप्रति विश्वका नागरिकको चासो झनै बढ्न गएको छ । विश्व सम्पदा सूचीमा परेका नेपालका १० स्थलको पूर्ण जानकारी यस्तो छ :

१.बुध्द जन्मस्थल लुम्बिनी

लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा रहेको बुद्ध जन्मस्थान २७ डिग्री २५’ उत्तरी अक्षांश र ८२ डिग्री ४३’ पूर्वी देशान्तरमा अवस्थित छ । विश्वका प्रमुख धर्महरू मध्ये एउटा धर्मको रूपमा स्थापित बुद्ध धर्मका प्रणेताको रूपमा प्रतिष्ठित गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेकैले विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण स्थान पाएको छ । विश्वभरका बौद्धमार्गीहरूको सबैभन्दा ठूला तीर्थस्थलको रूपमा प्रख्याति पाएको लुम्बिनीको धार्मिक र ऐतिहासिक महत्वकै कारणले युनेस्कोले विश्व सम्पदा अन्तरगत सूचीकृत गरेको छ ।
सर्वप्रथम मौर्य राजा अशोक आफ्नो राज्यभिषेकको वीसौं वर्ष (२४५ ई.पू.) मा लुम्बिनी आएको र शिला स्तम्भ राखेको कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ । सन् १८९६ मा वीरशम्सेरले नियुक्त गरेका पाल्पाका गर्भनर खड्गशम्सेरको नेतृत्वमा भएको उत्खनन्बाट अशोक निर्मित शिलास्तम्भ प्राप्त भएको थियो । (स्रोत ः खेमराज पोखरेल, गोविन्द मान सिंह कार्की ‘पर्यटन र विकास’ (Tourism And Development) अनुराग प्रकाशन, वाराणसी, यू.पी, प्रथम संस्करण, २०५५, पेज नं ७५) । सम्राट अशोकले अफ्नो जीवनकालमा स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोक स्तम्भ सबैभन्दा महत्वपूर्ण मानिन्छ । सन् १९९४ देखि पुरातत्व विभाग र जापानको बुद्धिष्ट महासंघको संयुक्त प्रयासमा लुम्बिनी विकास परियोजनाअन्तर्गत उल्खनन कार्य भइरहेको छ ।

२.चाँगुनारायण मन्दिर

समुन्द्र सतहदेखि ५,५०० फिटको उचाईमा भक्तपुर शहरदेखि ५ कि.मि. उत्तरमा बिभिन्न कलाकृतिबाट सजिएको रमणीय पर्यटकीय धार्मिक तीर्थस्थल हो, चाँगुनारायण मन्दिर । प्राकृतिक सौन्र्दयको माझमा यो मन्दिर रहेको छ । चाँगुनारायणलाई कोही चम्पकनारायण, कोही गरूडनारायण, कोही चौपानारायण नामले समेत सम्बोधन गर्छन् । यी नारायण सत्य युगदेखि नै भएको कुरा उल्लेख छ । चाँगुनारायणको मन्दिर काठमाडौं उपत्यकामा सबैभन्दा पहिलेको अर्थात् सबैभन्दा पुरानो मानिन्छ । नेपालको पुरातन संस्कृति कलाले सिंगारिएको यो मन्दिर भव्य छ । यस मन्दिरको वरिपरि कसरी सफा गर्ने र पर्यटकहरूलाई कसरी आकर्षण भन्नेतर्फ ध्यान जानु जरुरी देखिन्छ ।
नेपालको इतिहासमा चाँगुनारायण क्षेत्रलाई एउटा त्यस्तो महत्वपूर्ण दस्तावेज मान्न सकिन्छ कि एउटा सानो चांगु क्षेत्रले प्राचीन नेपालको सम्पूर्ण इतिवृत्तान्त दिलाइरहेको छ । यो तथ्यलाई भुलेर पूरानै ढंगले एउटा सांस्कृतिक र धार्मिक पुरातात्विक क्षेत्रको रूपमा मात्रै लिने हो भने चाँगुनारायाणलाई नचिनेको ठहरिनेछ । तसर्थ, चाँगुनारायण क्षेत्रलाई केही मन्दिर र मुर्तिहरूले सजिएको एक सम्पदा स्थलको रूपमा मात्र होइन, बरू सिंगो नेपालको राजनीति इतिहास बुझाउने एक दरिलो प्रमाणको रूपमा प्रस्तुत गर्न सकिन्छ । (स्रोत ः ओमप्रसाद धौमडेल, सिंगो नेपालको इतिवृति वुझाउने चांगुनारायण भक्तपुर (मासिक) माघ–फाल्गुण अंक ३, वर्ष २१, संख्या–१८७, पेज नं. २४)

३.भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्रमा ईटा र काठले बनाइएको ५५ झ्याले दरबार र दरबार वरिपरि रहेका प्यागोडा शैलीका मन्दिरहरूको समष्टिलाई भक्तपुर दरबार क्षेत्रले प्रतिबिम्वित गर्छ । यसमा भएका आँखीझ्यालले वोरण अनि साना–साना असंख्य चित्रहरू (पहिलो तल्लामुनी निस्केका दलीनहरूबीच छन्) ज्यादै महत्वपूर्ण मानिन्छन् । पहिलो तल्ला भित्रपट्टीको चित्रकला ज्यादै उत्कृष्ट छन् भने दोश्रो तल्लामा काष्ठकला प्रदर्शित गरिएका छन् । स्वर्णद्वारको अगाडि विशाल खम्बामाथि सुनको मोलम्वानामा स्थापित भुपतिन्द्र मल्लको शालिक भक्तपुर दरबार क्षेत्रको अर्को आकर्षण हो । ५५ झ्याले दरबारको अगाडि कुनामा एक तल्लामाथि ठुलो घण्टा झुन्डाइएको छ, जुन रणजीत मल्लले स्थापना गरेको अभिलेख पनि त्यसैमा कुँदिएको छ । ठुलो घण्टासँगै शिखर शैलीको ढुंगाको मन्दिर, ५५ झ्यालको कुनामा रहेको दुर्लभ जीवजन्तरको मृर्ति सहितको शिखर शैलीको ढुंगाका मन्दिर र भक्तपुर नगरपालिका जानेवाटोमा पर्ने १ तल्ले छाना भएको रातो मन्दिरलाई ३ वत्सलाको मन्दिर भन्ने चलन छ ।
भक्तपुरको दरबार क्षेत्रको भित्री भागमा एउटा सानो चोक रहेको र चारैतिर कोठाहरू देखिन्छन् । यहीं मल्ल राजाहरूको वैठकस्थल पनि रहेको छ । भूपतिन्द्र मल्लको शालिक रहेको सानो ढोका बाहिरको क्षेत्रमा घण्टाको दाहिनेपट्टि वत्सला दुर्गा मन्दिर पनि रहेको र यो शिखर शैलीमा निर्माण भएको देखिन्छ । दरबार क्षेत्रको भ्रमणमा जाने व्यक्तिहरूको लागि ठुलो आकर्षणको रूपमा रहेको छ, वत्सला दुर्गा मन्दिर । भक्तपुरमा रहेका प्यागोडा मन्दिरहरू र भवनहरू विविध विशेषता, विविध संस्कृति र परम्परालाई प्रतिविम्वित गर्न सफल देखिन्छन् ।

४.स्वयम्भूनाथ स्तुप

काठमाडौं उपत्यकाको पश्चिम डाँडामा पौराणिक तथा ऐतिहासिक महत्व राख्ने स्वयम्भू चैत्य अवस्थित छ । स्वयम्भूनाथ स्तुप मानव निर्मित नभएर आफै उत्पति भएको धरोधर हो भन्ने धार्मिक मान्यता राखिन्छ । पाँचौं शताब्दीमा मानदेवको पालामा अर्थात् पाँचौ शताब्दीमा स्वयम्भूको अत्यन्त सुन्दर स्तुपको निर्माण भई सकेको दखिन्छ । स्वयम्भू महाचैत्यको निर्माणपछि कपिलवस्तु, भारतका वनारसलगायत बिभिन्न ठाउँ र चीनको ल्हासाका बिभिन्न स्थानहरूबाट आएका मानिसहरूले स्वयम्भू चैत्यमा दीक्षा दिने÷लिने पुनः निर्माण गर्ने आदि असंख्य कामहरू गरेको देखिन्छ । कपिलबस्तुका पण्डित ओडियानथले स्वयम्भू चैत्यको दर्शन गरेर अष्टसिद्धि योग प्राप्त गरेका थिए । स्वयम्भू महाचैत्यको वरिपरि रहेका शान्तिपुर, वायुपुर, अग्निपुर, नागपुर, नामक पञ्चतत्वको देवस्वरूप मूर्ति र मन्दिरहरूले सौन्दर्यलाई थप आकर्षण गरेका छन् ।
काठमाडौं उपत्यकाको पश्चिमतिर सानो डाँडामा रहेको स्वयम्भू महाचैत्य पुग्नका लागि ३६० खुड्किला बनाइएको छ । खुड्किलाको भ¥याङको सुरूमा शिलाका तीन अछोम्य बुद्धका मूर्तिहरू रहेका छन् । पश्चिमतिरबाट पनि पैदलै पुग्न सकिन्छ भने दक्षिणतिरबाट सडक यातायात चैत्यको नजिकै पुगेको छ ।

५.पशुपति क्षेत्र

भगवान् श्री पशुपतिनाथलाई नेपालीहरूका मात्र नभई संसारभरकै हिन्दूहरूले परम आराध्य परमेश्वरको रूपमा पुज्दछन् । ज्योतिलिङ्ग स्वरूपमा विराजमान पशुपतिनाथ र यस वरिपरिको पावन पशुपति क्षेत्र समस्त हिन्दूहरूको श्रद्धा र आस्थाको केन्द्रविन्दु एवम् पवित्र तीर्थस्थलको रूपमा रहिआएको छ । पशुपतिनाथको मन्दिरमा केन्द्रित पशुपति क्षेत्र करिब ४९२ हेक्टरको क्षेत्रफलमा फैलिएको छ । देउपाटन, जयबागेश्वरी, गौरीघाट, चावहिल, कुटुम्बहाल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक बन आसपासको क्षेत्र पाशुपत घेरामा पर्दछ । पशुपति क्षेत्रमा करिब ४९२ साना ठूला बिभिन्न शैलीका मन्दिर, सत्तल, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिक स्थल र लगभग एक हजार शिवलिङ्ग रहेका छन् । (स्रोत ः ‘विश्व सम्पदा सूचिमा नेपालका सम्पदाहरू’ श्री ५ को सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, २०५६, पेज नं. १०)

६.पाटन दरबार क्षेत्र

सातौंदेखि १३औं शताब्दीसम्म पाटन एशियाकै बुद्ध धर्मको प्रमुख स्कूलको रूपमा स्थापित भएको देखिन्छ । यहाँ रहेका बहाल, बिहार र स्तुपाले यो कुराको पुष्टि गरेका छन् । पाटन दरबार स्वायर क्षेत्र मल्ल राजाहरूको निवास रहेको मुख्य थलोको रूपमा रहेको पाइन्छ । यो क्षेत्रमा तत्कालीन राजाहरूले खानपिन, आराम र बैठकको लागि उपयुक्त हुने देउतले भवनको मात्र होइन, कयौं कलात्मक मन्दिरहरूको पनि निर्माण गर्न लगाएका छन् । पाटन दरबार क्षेत्रको सुन्दर कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको शहरले सम्बोधन गर्ने गरेको पनि पाइन्छ । त्यसमा पनि पाटनको दरबार स्वायर क्षेत्र भवन र मन्दिरको स्थलजस्तो लाग्छ । यहाँ योगनरेन्द्र मल्लको सुन्दर सुनौलो मूर्ति छ । पाटनको सबैभन्दा महत्वपूर्ण आकर्षण हो, दरवार स्कवायर क्षेत्रमा देउतले भवनको आगाडि रहेको सुन्दर र कलात्मक कृष्ण मन्दिर । राजा सिद्धिनरसिंह मल्लले सन् १६३० मा निर्माण गर्न लगाएको पाटन कृष्ण मन्दिरलाई पर्यटकहरूले निकै मन पराएको देखिन्छ । पाटन दरबार क्षेत्र उतर–दक्षिण आयाताकार रूपमा अवस्थित छ । पूर्वतिर दरबार क्षेत्र र पश्चिमतर्फ लस्करै मन्दिरहरू रहेको हुनाले एकै दृष्टिमा बिभिन्न मन्दिरहरू र दरबार हेर्दा अनुपम देखिन्छ ।
७.हनुमान ढोका दरबार क्षेत्र

राजधानी काठमाडौंको केन्द्रमा रहेको हनुमान ढोका दरबार क्षेत्र एउटा संरक्षित स्मारक क्षेत्र हो । ने.सं. ७९२ (विं.सं १७२९) मा मल्लकालका प्रसिद्ध राजा प्रताप मल्लले हनुमानको मूर्ति स्थापना गरेपछि यसको महत्व र दरबार रहन गएको हो । दरबार स्क्वायरको बीच भागमा अजंगको देखिने काल भैरबको मूर्ति छ । यहीं मल्लहरूका दरबारका अतिरिक्त पृथ्विनारायण शाहले निर्माण गर्न लगाएको नौतले दरबारसमेत छ । नौतले दरबार नजिकै रहेको कुमारी घरको महत्व उत्तिकै छ जहाँ शाक्य कूलकी सानी केटीलाई जीवित देवीको रूपमा राखिएको छ । हनुमानको मूर्ति पछाडि सानो बार्दली रहेको भवनको छानामा हनुमानढोका मुख्य प्रवेशद्वारमाथि बायाँपट्टि तीन छाना भएको मन्दिर छ । यो मन्दिर ‘आगमछे’ नामले प्रसिद्ध छ । हनुमानको मूर्तिको दाँयापट्टि दरबार प्रवेश गर्ने मुख्यद्वारको रूपमा रहेको सुवर्णद्वारलाई बिशेषरुपमा सजाइएको छ । वि.स.१८८७ को नापीमा हुनमान ढोका दरबारको क्षेत्रफल अहिलेको भन्दा निकै ठुलो र विस्तृत रहेको थियो । तर अहिले अतिक्रमण भैसकेको छ । नासल चोकको दक्षिण पूर्वी कुनामा चारतह छाना भएको नौतले वसन्तपुर दरबार छ । वसन्तपुर दरबार नेपाली मन्दिर शैलीमा निर्माण भएको छ ।

८.सगरमाथा राष्ट्रिय निकुञ्ज

सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि संसारभर सगरमाथा अञ्चलमा अवस्थित हिमशिखर सगरमाथा तथा खुम्बु क्षेत्रको चर्चा हुन थाल्यो । नेपालमा निकुञ्ज तथा संरक्षण क्रियाकलापमा संलग्न एफएओ का एक उच्च अधिकारी जोन ब्लाओरले सन् १९७१ मा सगरमाथा क्षेत्रको भ्रमण गरी यस क्षेत्रमा निकुञ्ज स्थापना गर्नुपर्ने आवश्यकता औल्याए । तत्कालिन श्री ५ को सरकार, न्युजिल्याण्ड सरकार, वातावरणविद्हरू, पर्यटकहरू र स्थानीय जनताको सहयोगमा सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना पनि भयो । त्यसो त, हिमाली राज्यको रूपमा विश्वमा परिचित हुँदै आएको नेपालका अधिकांश उच्च र मनोरम दृश्यका हिमशिखरहरू सगरमाथा राष्ट्रिय निकुञ्जकै माथिल्लो भागमा पर्छन् । निकुञ्जमा पर्ने ८००० मिटरभन्दा बढी उचाईका हिमालहरू धेरै छन् । ८,८४८ मिटर उचाइको सगरमाथासहित ८,५१६ मिटर उचाइको ल्होत्से, ८,४०० मिटर उचाइको ल्होत्सेसार र ८,२०१ मिटर उचाइको चायु हिमाल छन् । त्यसैगरी, ७,००० मिटरभन्दा बढी उचाईका हिमालहरूमा ७,७४३ मिटर उचाइको नोजुंम्वाकाङ्ग, ७,८५५ मिटर उचाइको नुद्से, ७,१६१ मिटर उचाइको पुमोरी, ७,५९१ मिटर उचाइको शान्ति शिखर र ७,५५९ मिटर उचाईको झार्से छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको अधिकांश भूभाग समुद्री सतहबाट ३,००० मिटरभन्दा बढी उचाईमा छ ।

९.चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रि निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । शाही चितवन राष्ट्रिय निकुञ्जको नाममा २०३० सालमा स्थापना भएको यो निकुञ्जलाई अहिले चितवन राष्ट्रिय निकुञ्जबाट चिनिन्छ । प्राकृतिक वातावरण, वन्यजन्तु, पंक्षी, वनस्पति र भू–दृश्यहरूका दृष्टिले चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । ९३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्जले चुरे पर्वत, राप्ती उपत्यका, नारायणी, राप्ती र रिउ नदीहरूले बनाएको मैदानी भाग, सिमसार क्षेत्र, ताल, तलैया, बनजंगल, झाडी, बुट्यान आदि क्षेत्रहरूलाई समेटेको छ । यो निकुञ्ज महाभारत पहाडको फेदिदेखि दक्षिणतर्फ फैलिएको छ । विविधतापूर्ण प्राकृतिक वातावरण, उपलब्ध जैविक विविधतामा सम्पदाको दृष्टिकोणले चितवन राष्ट्रिय निकुञ्ज अत्यन्त महत्वपूर्ण छ । यो निकुञ्जमा पचासौं जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन् । ३० भन्दा बढी ठूला जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्जको महत्व विश्वमै दुर्लभ एकसिंगे गैंडा र ठूला हात्तीहरूले बढाएका छन् ।

१०.बौद्धनाथ महाचैत्य

काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठुलो स्तुप हो, बौद्धनाथ स्तुप । राजधानीदेखि झण्डै ८ कि.मि पूर्वमा अवस्थित छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ । यो गुम्बा पाँचौ शताब्दीमा बनेको अनुमान गरिन्छ तर ठोस प्रमाण भने भेटिएको छैन । तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ । डनियल राइटद्वारा सम्पादित उन्नीसौं शताब्दीको एउटा वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथमले (४६४–५०५सन्) गरेको देखिन्छ । बौद्ध मार्गीहरूले बौद्धनाथ महाचैत्य पनि स्वयम्भूनाथ महाचैत्यजस्तै आफै उत्पन्न भएको हो भन्ने विश्वास पनि राखेको पाइन्छ ।

विश्व सम्पदा सूचीमा परेका स्थलहरूको सुरक्षा सम्बन्धित देशको मात्रै नभएर विश्वकै जनताको जिम्मेवारीभित्र रहन्छ । त्यसैले नेपालका १० धरोहरको संरक्षणलाई विश्वकै जिम्मेवारी भित्र पार्नु नेपालका लागि अति नै सकारात्मक पक्ष हो । युनेस्कोको पहलमा सन् १९५४ को २१ अप्रिल देखि १४ मे सम्म हेगमा सम्पन्न अन्तरर्राष्ट्रिय सम्मेलनले १४ मे १९५४ का दिन तयार पारेको महासन्धीमा सशस्त्र संघर्षको बेलामा सांस्कृतिक सम्पदाको सुरक्षा गर्नु विश्वकै जनताको जिम्मेवारी भएको उल्लेख छ । काठमाडौं उपत्यकाको विश्व सम्पदा सूचीमा परेका स्थलहरूको मूल्यांकन युनेस्कोले नोभेम्वर १९९३ मा संयुक्त रूपमा गरेको थियो । युनेस्कोको पुनरावलोकनले विश्व सम्पदा सूचीमा परेका स्थलहरूको दिनहुँ ह्रास हुँदै गएको स्थिति देखेर ती स्थलहरूलाई एक देखि तीन वर्षसमम्म खतरामा परेको विश्व सम्पदा स्थलहरूको सूची (खतरामा रहेका सम्पदाहरू) मा राख्ने र विभिन्न शर्तहरू पूरा गरेको अवस्थामा पुन विश्व सम्पदा सूचीमा राख्ने सिफारिस गरेको देखिन्छ । युनेस्कोले पशुपति क्षेत्रमा बढ्दै गएको मानवीय र भौतिक अतिक्रमणबारे त नेपाललाई अहिले पनि सचेत समेत गराउँदै आएको छ । हाम्रँ यी सम्पदाहरू मध्ये अधिकांश अहिलेका भौतिक विकासका प्रतिफल होइनन्, सनातन कालदेखिका धरोहर हुन् भने कतिपय प्रकृतिका अनुपम देन हुन् । हामीलाई त यी धरोहरलाई केवल संरक्षित गर्नसक्ने हैसियतको खाँचो छ र यिनै धरोहरबाट विदेशी पर्यटकलाई आकर्षित गर्ने ठूला योजनाहरूको खाँचो छ ।
Continue Reading | comments

पर्खी बसे दोबाटोमा

Jan 30, 2015

पर्खी बसे दोबाटोमा तिमी आँउछौ भनि
भयौ तिमी टाढा यो दु:खीको माया मारी
दु:खी यो जिवनमा साहारा दिने कोहि भएन
चोखो माया दिएकैथिए आफ्नो भन्न पाईन
कति तडपिएको छु तिम्रो माया पाउछु भनि
विपनामा आउने गर सपनामा सताउछौ किन?
पूर्णिमाको रात हैन,औसिको रात बनि आयौ तिमीलाइ।।।
सगैँ मरौँ सगैँ बाचौ भन्थ्यौ निष्ठुरी,आज छाडिगयौ किन?
भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाई
सम्झना छ यो दु:खीको सधैँभरी केबल तिंमीलाई।
Continue Reading | comments

गजल १

Oct 6, 2014

उ गएछ पुज्न मन्दिरहरुमा । 

उ हिडेछ खोज्न गुफाहरुमा ।

उसकै सम्झनाले सताएपछि 

खोज्दै पुगेछ उ शहरहरुमा ।

आफ्नो जवानी बितायो उसले

उनै निष्ठुरीको सम्झनहरुमा ।

अन्तिम गन्तब्य उ नै भनि 

रिपोर्ट दिएछ दरबारहरुमा ।

सडकै प्यारो लागेछ उसलाई

यौवनले पाएको धोकाहरुमा ।

टिकाराम गौतम 

हाल टोकीयो जापान

Continue Reading | comments

शुभकामना बडा दशैंको

Oct 1, 2014

सोचे जस्तै पुग्दै जाओस 

भने जस्तो हुंदै जाओस

रोगब्याधि टाढा होस

शुभकामना बडा दशंैको

बिदुरको जस्तो ज्ञान होस

कुबेरको जस्तो धन होस

यूधिष्टिरको जस्तो मन होस

शुभकामना बडा दशैंको

प्रदेशमा सधै रमाईलो होस

घरमा कहिलै रुन नपरोस

आफन्तको माया बृद्धि होस

शुभकामना बडा दशैको 

श्रीमती सधै घरमा बसोस

छोराछोरीको मती नबिग्ोस

साउ कहिलै पनि नरीसाओस

शुभकामना बडा दशैंको 

टिकाराम गौतम 

टोकीयो जापान

२०७१

Continue Reading | comments

गजल दशै

Sep 28, 2014

        गजल

        -----

लैनु भैसी पालेछन रे बाले 

घोर्ले खसी ढालेछन रे बाले

टिको थाप्न आउनेलाई दिन,

खुल्ला पैशा साटेछन् रे बाले

चुहिने छानो छाएछन्  रे बाले 

भत्केको घर टालेछन् रे बाले

दशै आएको देखाउनको लागि,

सेतो कमेरो पनि दलेछन् रे बाले 

दशैको किननेल गरेछन् रे बाले

पहेलो जमरा राखेछन् रे बाले 

टिको थाप्नेलाई प्रशाद दिन ,

नवदुर्गा पनि पुज्दैछन् रे बाले

साईतमा टिको दिदैछन् रे बाले 

सबैमा आसिर्बाद दिदैछन् रे बाले

एउटा छोरो पर्देशमा हुंदा खेरी ,

सम्झेर आंसु झार्दैछन् रे बाले 

---->

दशैको सम्झनामा लेख्ने कोसीस

टिकाराम गौतम ,

जरायोटार-०४, सिन्धुली 

हाल टोकीयो जापान

Continue Reading | comments

मायंा

Sep 18, 2014

गजल
-------

मौनताको अर्थ समर्थन हुदैन !
हरेक पर्खाईमा बस्नु पिडा हुदैन, !!
आँखा त धेरै संग जुध्छन्
प्रत्येक हेराईमा माया हुदैन !!

माया गर्ने मान्छेलाई हेर्ने नजर
कहिलै पनि नकारात्मक हुदैन !!
माया त यस्तो पो होस सधै 
जहां कुनै आशंका वास हुदैन् !!

अरुसंगके नाता त यस्तै हो
जहां प्यारसँगको सबाल हुन्छ
प्यारको नयन रूझाएर तब
अरुलाई खुसी राख्न हुदैन !!

माया गर्नेलाई शंका दिएर 
अरुको कुरा सुन्न हुदैन 
तिमी गलत छैनौ र पनि 
शंकाको ठाउ राख्न हुदैन !!

माया गरीरहने गर्ने प्यारको
के महत्व हुन्छ र यहंा 
जबसम्म आफ्नो मान्छेसँग 
टाढिएको भाव हुदैन !!!   

टिकाराम गौतम
जरायोटार-४,सिन्धुली 
हाल टोकीयो जापान
Continue Reading | comments

गोरखापत्रबाट

Apr 20, 2014

गोरखापत्रमा प्रकाशित भएका केही बुधबारका प्रश्नहरु 
@@@@@@@@@@@@@@@@@

• नेपालमा कुटनैतिक आचारसंहिता कहिले जारी गरिएको हो ?
– वि.सं २०६८ भाद्र १ गते 
• २०६७ साल पुस ११ गते पहिलो कूटनीतिक एम.आर.पी कसलाई प्रदान गरियो ?
– राष्ट्रपति रामबरण यादव 
• नेपालको अन्तरिम संविधान २०६३ को १२ औं संशोधन कहिले गरिएको थियो ?
– वि.सं २०६९ जेठ ७ गते 
• ५९ जना साहित्यकारको अन्तर्वार्ता संग्रह सिर्जना र दृष्टिकोण समेटिएको कृतिको संकलन र सम्पादक को हुन् ?
– सूर्य सुवेदी 
• नेपाल प्रज्ञा प्रतिष्ठान र हास्यव्यङग्य समाज नेपालको २०५४ सालमा कसलाई उत्कृष्ट कार्टुनिष्टको रुपमा सम्मान गरेको थियो ?
– राजेश के.सी 
• नेपाली साहित्यमा २०६० सालदेखि चक्रव्यूह सञ्चेतना नामक साहित्यिक आन्दोलन चलाउने स्रष्टा को हुन् ?
– सुरेश हाचेकाली 
• हरिप्रसाद चौरसिया कुन साङ्गितिक विधाका विश्वप्रसिद्द कुशल बादक हुन् ?
– बाँसुरी बादन 
• घरभित्र कसैको मृत्यु भएमा लाशलाई झ्याल वा घरको भित्रा फुटाई बाहिर निकाल्ने चलन कुन जातिमा रहेको छ ?
– लेप्चा 
• वि.सं २०७० फागुन २५ गते नेपालगञ्जमा भएको प्रधानमन्त्री कप नेपाल भारत आमन्त्रण महिला भलिबल प्रतियोगितको उपाधि कुन टिमले जित्यो ?
– नेपाल पुलिस 
• नेपालको पहिलो महिला रेस्लिङ रेफ्रीको नाम के हो ?
– सुनिता थापा 
• वि.सं २०७० को आहा गोल्डकपमा ह्याट्रिक गर्ने एक मात्र खेलाडी को हुन् ?
– सुजन श्रेष्ठ 
• सन् २०१४ मार्च ८ तारिख बंगलादेशको सेर ए बंगाल मैदानमा भएको एसिया कप क्रिकेटको उपाधि कुन मुलुकले जित्यो ?
– श्रीलंका 
• अधिकांश हवाईजहाज कुन धातुबाट बनेको हुन्छ ?
– आल्मुनियम 
• विमान दुर्घटनाका तथ्यांक अनुसार आकाशमा ३५– ३६ हजार फिट उचाईमा उडिरहँदा जहाज गम्भीर दुर्घटना पर्ने सम्भावना कति प्रतिशत हुन्छ ?
– नौं प्रतिशत 
• वयस्क लाई रुघा लाग्नुमा कुन भाइरसको १० देखि १५ प्रतिशतसम्म जिम्मेवार रहने एनआईएआईडीले उल्लेख गरेको छ ?
– कोरोना भाइरस 
• हाम्रो शरीरमा सेतो रक्तकोष औषतभन्दा बढी भएमा ल्युकेमिया भन्ने रोग लाग्दछ, भन्नुहोस् यस रोगर्ला के नामले चिनिन्छ ?
– ब्लड क्यान्सर 
• शरीरका सम्पूर्ण क्रियाकलापहरुलाई सक्रिय रुपमा समन्वय, नियन्त्रण र निर्देशन गर्ने प्रणालीलाई के भनिन्छ ?
– स्नायु प्रणाली 
• सन् १९९४ मा पहिलो महिला सभामुख सन् २००० पहिलो राष्ट्रपति र सन् २००३ मा पहिलो महिला प्रधानमन्त्री बन्ने युरोपेली मुलुक कुन हो ?
– फिनल्यान्ड 
• फिनल्यान्डमा महिलालाई भोट हाल्ने र चुनावमा उम्मेदवारी दिने अधिकार कहिले दिईएको थियो ?
– सन् १९०६ 
• कुन विख्यात वैज्ञानिकलाई वैज्ञानिकको पनि वैज्ञानिक भनेर चिनिन्छ ?
– थोमस एल्वा एडिसन ( जन्म १८४७ फ्रेबअरी ११ अमेरिकाको ओहायो , मृत्यु सन् १९३१ अक्टोबर १८ , कुल आबिष्कार १०९३ )
• चक्राकार नदी भनेर नेपालको कुन नदीलाई बुझाउँछ ?
– काली गण्डकी 
• कर्णाली नदीको जलविदुत क्षमता कति रहेको छ ?
– 32,००० मे.वा
• पूर्वमा होचो र पश्चिममा अग्लो हुँदै गएको चुरे पर्वत श्रेणीको सबैभन्दा अग्लो भाग कति फिटसम्म अग्लो छ ?
– ९,४६२ फिट ( चुरे श्रेणीको सबैभन्दा अग्लो भाग कैलालीको गार्वा हो ) 
• चुरिया भनेर चिनिने चुरे पर्वतलाई दाङ देउखुरी क्षेत्रमा डँढुवा, बागमती नदी पूर्व यसलाई भटवाना भनेर चिनिन्छ भने कोसी पूर्व यसलाई के नामले चिनिन्छ ?
– चुलाचुली 
• मसाईमारा नेसनल पार्क केन्यामा पर्दछ भने सेरेगिटी नेसनल पार्क कुन अफ्रिकी मुलुकमा पर्दछ ?
– तान्जानिया 
• श्री ३ वीर शमशेरको मृत्यु कहिले भएको थियो ?
– वि.सं १९५७ फागुन २३ 
• श्री ३ चन्द्र शमशेरको निधन कुन मितिमा भएको थियो ?
– वि.सं १९८६ मंसिर १० गते 
• वि.सं १८५५ मा जागिरमा नियुक्त भएका भिमसेन थापा नेपालका मुख्तियार कहिले भएका थिए ?
– वि.सं १८६३ 
• सार्क क्षेत्रमा बालबालिकामाथि हुने हिंसाविरुद्ध संयुक्त रुपमा कार्य गर्नका लागि स्थापित संस्थाको नाम के हो ?
– सेभाक 
• निर्वाचनमा प्रयोग हुने ई भोटिङ मेसिन बनाउने दुई युवा वैज्ञानिक को को हुन् ?
– राम रिमाल र लक्ष्मण रिमाल 
• उमेर पुगेका महिला पुरुषजस्तै महिला महिला वा पुरुष पुरुष ( तेस्रो लिङ्गी ) सहमतिमा सँगै बस्न पाउने फैसला सर्वोच्च अदालतले कहिले गरेको हो ?
– वि.सं २०६९ कार्तिक २० गते 
• बिबिसीले प्रभातकालिन नेपाली सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?
– वि.सं २०७० साउन १७ ( २०१३ अगस्ट १ तारिख ) 
• ग्रामिण भेगमा इन्टरनेट पुर्याउन सन् २०१३ को जुनमा गुगलले बनाएको परियोजनाको नाम के हो ?
– प्रोजेक्ट लुन 
• मलेसियामा सन् २०१३ जुलाईदेखि पहिलोपटक औपचारिक रुपमा सञ्चालनमा आएको नेपाली टेलिभिजन कुन हो ?
– कान्तिपुर टेलिभिजन 
• ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी २०१३ को सूचीमा सबैभन्दा भ्रष्ट्राचार हुने मुलुक कुन हो ?
– उत्तर कोरिया ( १७७ औं स्थान ) 
• नेपालमा सबभन्दा पछिल्लो मन्त्रालयका रुपमा सहकारी तथा गरिबी मन्त्रालयको स्थापना भएको हो भने यो मन्त्रालय कहिले स्थापना भएको हो ?
– वि.सं २०६९ जेठ ५
• नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ?
–सुनौली 
• संयुक्त राष्ट्रसंघले कहिलेसम्ममा विश्वबाटै भोकमारी हटाउने लक्ष्य लिएको छ ?
– सन् २०५० सम्ममा 
• नेपालको सबैभन्दा ठूलो द्धिपक्षीय दाता मुलुक कुन हो ?
– जापान 
• नेपालमा सामाजिक सुरक्षा करको प्रारम्भ कुन आ.व देखि गरिएको हो ?
– आ.व.२०६६\६७ देखि 
• हरेक बर्ष सरदर १३ लाख मानिसले विश्वमा सडक दुर्घटनाबाट ज्यान गुमाउँछन् भने नेपालमा बर्षेनि औसत कति व्यक्ति सडक दुर्घटनाका कारण मुत्युको सिकार हुने गर्छन ?
– १६ सय 
• फर्मुला वानका प्रसिद्द खेलाडी माईकल सुमाकरको सम्मानमा कुन देशको इन्टरनेसनल सर्किटमा एउटा सम्मान कर्नरको नाम माइकल सुमाकर राखिएको छ ?
– बहराईन 
• सन् २०१४ मार्च २ मा अमेरिकाको लसएन्जल्सको डब्ली थिएटरमा सम्पन्न ८६ औ ओस्कार अवार्डमा सर्वाधिक सात वटा पुरस्कार प्राप्त गर्ने चलचित्र कुन हो ?
– ग्राभिटी 
• हलिउडमा सबैभन्दा बढी कमाउने अभिनेत्री को हुन् ?
– एन्जेलिना जोली 
• सबै जनावर समान छन् तर हामी जनावरको अगुवा अलि बढी समान छौं । यो उक्ति कुन उपन्यासबाट लिईएको हो ?
– एनिमल फार्म ( लेखक जर्ज अरबेल ) 
• राजधानी मास्तिरको राजधानी कविता संग्रह कुन चर्चित युवा कविको नविनतम कृति हो ?
– रावत ( राम बहादुर तामाङ ) 
• बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ जेबी टुहुरेको चर्चित यो गीतका रचनाकार को हुन् ?
– लब प्रधान 
• नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिको कार्यकाल कति अवधिको हुन्छ ?
– ४ बर्ष 
• महिलाको लासलाई तेल लगाएर गाड्न लैजाने चलन नेपालको कुन जातिमा रहेको छ ?
– धिमाल 
• राजुपत स्त्रीले मुसलमानको अत्याचारबाट आफूलाई जोगाउन बनेको आगोमा हामफाली मृत्युवरण गरेका थिए । त्यसलाई के भनिन्छ ?
– जौहर ब्रत 
• नेपालले एसियन क्रिकेट काउन्सिलको सदस्यता कहिले प्राप्त गरेको हो ?
– सन् १९९४ 
• नेपालको क्रिकेटको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९२८ 
• रुघाखोकी उब्जाउने सबैभन्दा सामान्य कारक कुन भाईरललाई जिम्मेवार मानिन्छ ?
– रिनी भाईरस 
• माईग्रेन हुँदा डाक्टरले कुन फलफूल खान सल्लाह दिन्छन् ?
– स्याउ 
• आफूले असाध्यै माया गरेको मान्छेको मृत्यु हुँदा त्यो पिडा सहन नसकेर हुने हृदयघातलाई मेडिकल भाषामा के भनिन्छ ?
– ब्रोकन हार्ट सिन्ड्रम 
• सन् १९२० अगस्ट २ मा कुन महान् वैज्ञानिकको मृत्यु हुँदा संयुक्त राज्य अमेरिकाभरि एक मिनेट टेलिफोनको प्रवाह बन्द गरिएको थियो ?
– अलेक्ज्यान्डर ग्राहम बेल 
• नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ति प्रेमसागर कर्माचार्यले हालसम्म कतिपटक रक्तदान गरेका छन् ?
– १३७ औं पटक 
• अमेरिका पत्रिका फोब्र्स ले सन् २०१४ मार्च ३ मा निकालेको एक हजार ६४५ जना अर्बपतिको सूचीमा नेपालका व्यवसायी विनोद चौधरी कतिऔं नम्बरमा परेका छन् ?
– १४६५ औं 
• वि.सं २०७० फागुन महिनाको २३ र २४ गते नेपालको कुन ठाउँमा लाटोकोसेरो उत्सव मनाईएको थियो ?
– नवलपरासीको अलमटारीमा
• कुन क्षेत्रको आचारसहितामा तिम्रो पहिलो गल्ती नै जीवनको आखिरी गल्ती हुनेछ भनिएको छ ?
– विमानचालको आचारसहिता 
• वि.सं २०७० साघ ५ गते प्र.म सुशील कोइरालाले सरकारको प्रमुख सल्लाहकार मानिने महान्यायाधिवक्तामा कसलाई नियुक्त गर्नुभयो ?
– बाबुराम कुँवर 
• योगमाया र उनका ६७ चेलाले अरुण नदीको प्रवाहमा आत्मदाह गरेको घटनालाई नेपालको पहिलो महिला विद्रोह मानिन्छ । भन्नुहोस उक्त आत्मदाह कहिले भएको थियो ?
– वि.सं १९९८ असोज ३१ गते 
• चाँदीको मोहर चलनचल्तीमा ल्याउने मल्ल राजा को हुन् ?
– महेन्द्र मल्ल 
• काष्ठमण्डपलाई अर्को के नामले पनि चिनिन्छ ?
– मरुसत्तल 
• अफ्रिका महादेशमा पाईने उष्ण सदावहार जंगललाई के भनिन्छ ?
– रेन फरेस्ट 
• भूमध्य रेखाको उच्चबिन्दु कति मिटर अग्लो छ ?
– ४६९० मिटर 
• सोलुखुम्बुमा कुन स्थानमा बागवानी केन्द्र स्थापना गरिएको छ ?
– फाप्लुमा 
• हिडन भ्याली नेपालको कुन जिल्लामा पर्दछ ?
– मुस्ताङ 
• प्रकृति संरक्षण संघ १९९८ अनुसार तराईमा १६३ सिमसार छन् भने पहाडमा कति सिमसार छन् ?
– ७९ सिमसार 
• नेपालको नक्सामा चुरे पर्वत शृखंलाले कति प्रतिशत ओगटेको छ ?
– १२.६ प्रतिशत 
• नेपालको कुन कुण्ड संसारकै पहिलो सोलार ट्रेल हो ?
– भैरव कुण्ड( नुवाकोट ) 
• नेपालमा भएका ५२ वटा ग्याँस उद्दोगमध्ये धादिङ जिल्लामा कति प्रतिशत ग्याँस उद्दोग छन् ?
– २५ प्रतिशत 
• धादिङ जिल्लामा २०६३ सालमा भूमेस्थान–९ खयरघारीमा स्थापना भएको पहिलो ग्याँस उद्दोग कुन हो ?
– ओम ग्याँस उद्दोग 
• जी ८ मा रुस कहिले सदस्य बनेको हो ?
– सन् १९९७ मा 
• विश्व व्यापार संगठन को १६० औं सदस्य राष्ट्र कुन हो ?
– यमन 
• सन् १९७२ को जनमत संग्रहको परिणाम स्वरुप युरोपेली संघबाट सदस्यता त्यागेको युरोपेली मुलुक कुन हो ?
– नर्वे 
• बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी क्षेत्रको प्रयास अर्थात् विमस्टेकमा हाल कति सदस्य राष्ट्र छन् ?
–७ वटा 
• विमस्टेक को चौथो शिखर सम्मेलन कुन देशमा आयोजना हुने भएको छ ?
– नेपाल 
• सलिम सेठ्ठी कुन अन्तराष्ट्रिय निकायका वर्तमान महासचिव हुन् ?
– एमनेस्टी इन्टरनेसनल 
• नेपालमा कहिलेदेखि मादकपदार्थको विज्ञापनमा रोक लगाएको हो ?
– वि.सं २०६६ मा 
• भारतमा भएका शिवका १२ ज्योतिलिंगमध्ये विश्वेश्वर ज्योतिलिंग वाराणसीमा,केदारनाथ ज्योतिलिंग उत्तराखण्डमा पर्दछ भने रामेश्वर् ज्योतिलिंग भारतको कुन स्थानमा पर्दछ ?
– तमिलनाडुमा 
• हाडनातामा विवाह गर्ने र न्वारन नगर्ने नेपालको कुन जनजाति हो ?
– राउटे 
• बिहे हुनुअघि नै अससँग करणी गरी बिग्रिएको् थाहा पाउँदा पाउँदै पनि विवाह गरी जन्मेको छोरालाई के भनिन्छ ?
– थकुल्लो 
• सन् २०१४ मार्च २ मा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ८६ औं ओस्कार अर्वाडमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड अल्फोन्सो क्युरोनले जिते भने सर्वोत्कृष्ट चलचित्र उपाधि कुन चलचित्रले प्राप्त गर्यो ?
गोरखापत्रमा प्रकाशित भएका केही बुधबारका प्रश्नहरु , प्रस्तुति – मेगेन्द्र न्यौपाने 

– टुवेल्स इयर्स अ स्लेभ 
• सन् २०१४ मार्च २ मा अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको ८६ औं ओस्कार अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार केट ब्लान्चेद्ले ब्लु ज्इास्मिन चलचित्रबाट प्राप्त गरिन भने सर्वोत्कृष्ट अभिनेताको उपाधि हात पार्न को सफल भए ?
– म्याथु म्याक कोनागे 
• ह्वाइट केन कुन चर्चित महिला लेखिकाको नवीनतम उपन्यास कृति हो ?
– मनिषा गौचन 
• सन् २०१४ जनवरीमा न्युजिल्यान्डमा भएको विश्वकप छनौटमा सन् २०१५ को आईसीसी विश्वकपका लागि कुन दुई मुलुक छानिए ?
– यूएई र स्कटल्यान्ड 
• आईसीसी ( अन्तराष्ट्रिय क्रिकेट परिषद ) को मुख्यालय यूएईको कुन सहरमा रहेको छ ?
– दुबई 
• नेपाली फुटबलमा प्रायोजनसँग क्लबको नाम जोड्ने क्लब कुन हो ?
– थ्रिस्टार 
• २०७० सालको सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लब इतिहासमै पहिलो पटक दोस्रो हुनसक्यो यसको मुख्य श्रेय मानिने प्रशिक्षक योहान कालिन कुन युरोपेली मुलुकका नागरिक हुन् ?
– स्विडेन 
• नेपालमा सन् १९७८ मा पहिलोपटक देखापरेको शक्तिशाली सरुवा रोगको नाम के हो ?
– बुसेलोसित 
• पूर्ण खोपयुक्त घोषणा गरिएको कास्कीको कुन गाविस हो ?
– पुरनचौर 
• नेपालमा मिगौंला दान गर्नेमध्ये कति प्रतिशत महिला छन् ?
– ८० प्रतिशत 
• सामान्य तया पुलको आयु ५० बर्ष मानिन्छ भने सडकको आयु कति बर्ष मानिन्छ ?
– २० बर्ष 
• अलकत्रा र मसिनो गिटी मिसाएर गरिएको कालोपत्रेलाई के भनिन्छ ?
– ओटासिल 
• रुसका एक चौथाई अर्थात २५ प्रतिशत मानिस ५५ बर्ष नपुग्दै मृत्युवरण गर्छन,यसको मूल कारण के हो ?
– भोड्का रक्सीको सेवन
• वि.सं १८९६ साउन १६ गते ( कैदमै मृत्यु ) निधन भएका भीमसेन थापाको जन्म कहिले भएको थियो ?
– वि.सं १८३२ साउन ९ गते 
• काँगडा युद्दमा घाइते भएका भीमसेन थापाको माहिला भाईको वि.सं १८६३ आश्विन २ गते मृत्यु भएको थियो भने भन्नुहोस, उनी को थिए ?
– काजी नयनसिंह थापा 
• राजा रणबहादुर शाहको हत्या सौतेनी भाई शेरबहादुर शाहद्दारा कहिले भएको थियो ?
– वि.सं १८६३ वैशाख १४ गते 
• मध्यकालमा दौडाह टोलीका प्रमुखलाई के भनिन्थ्यो ?
– छरिदार 
• नेपालका राणाकालका अन्तिम श्री ३ प्रधानमन्त्री मोहनशमशेर कसका छोरा थिए ?
– चन्द्र शमशेर 
• भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या कहिले भएको थियो ?
– सन् १९९१ मे २१ 
• जापानले आत्मसर्मपण गरेपछि दोस्रो विश्वयुद्द कहिले टुङ्गिएको थियो ?
– सन् १९४५ अगस्ट १४ 
• सन् १७७३ मा भारतबाट अमेरिका लैजाँदै गरेका तिनवटा चिया बोकेका जहाजबाट आदिबासी अमेरिकाले तिन सय ४० चियाका पेटी समुद्रमा फालिदिएको घटनालाई के नामले चिनिन्छ ?
– बोस्टन टी पार्टी 
• सत्ताको यात्रा भनेको शेरको सवारी जस्तै हो, बसिरहँदा पनि गलेर हैरानी , झर्दा आफैँ शेरको सिकार हुने भय । यो कुन अमेरिकी राष्ट्रपतिको भनाई हो ?
– रिचर्ड निस्सन 
• नेपालका परराष्ट्र सचिव अर्जुनबहादुर थापाले १२ औं सार्कको महासचिवको पदभार कहिलेदेखि सम्हालेका हुन् ?
– सन् २०१४ मार्च ३ बाट 
• संविधानसभा– २ मा एमाओवादीबाट प्रत्यक्षतर्फ चुनाव जित्ने एकमात्र महिला नेतृ को हुन् ?
– ओनसरी घर्तीमगर ( रोल्पा २ बाट निर्वाचित ) 
• संविधानसभा–२ को उपाध्यक्ष ( उपसभामुख ) मा ओनसरी घर्तीमगर कहिले निर्वाचित भएकी हुन् ?
– वि.सं २०७० फागुन १४ गते 
• संविधानसभा ( व्यवस्थापिका संसद ) नियमावली मस्यौदा समितिको २०७० फागुन १५ गते बसेको बैठकले संविधानसभा अन्र्तगत कति समिति बनाउने निर्णय गर्यो ?
– पाँच समिति 
• एमाओवादीका तर्फबाट उपसभामुख हुने ओनसरी घर्तीमगर कतिऔं व्यक्ति हुन् ?
– दोस्रो 
• विश्वकै सबैभन्दा जेठी महिला जापानको ओसाका सहर निवासी मिसाओ ओकावा हुन् भने २०१४ मार्च ५ तारिखमा उनले आफ्नो कतिऔं जन्म दिन मनाएकी थिईन् ?
– ११६ औं
• कफीको उत्पति कुन अफ्रिकी मुलुकमा भएको हो ?
– इथियोपिया 
• विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने मुलुक कुन हो ?
– ब्राजिल 
• संसारमा सबैभन्दा बढी कफी पिउने मुलुक कुन हो ?
– फ्रिनल्याण्ड 
• विश्वमा सबैभन्दा बढी चिकेन् अर्थात कुखुराको मासु खाने मुलुक कुन हो ?
– अमेरिका 
• नेपालमा उत्पादित जुट वस्तुका लागि कति प्रतिशत बजार भारत हो ?
– ९५ प्रतिशत 
• दोलखाको जिरीमा चौरीको दूधबाट बनाइने च्योर्दोङ चीज कारखाना स्विस सरकारको सहयोगमा कहिले बनेको हो ?
– वि.सं २०३१
• स्वास्थ्य परिक्षण गरेर मात्र पशुजन्य उत्पादन भित्र्याउन पाईनेलाई के भनिन्छ ?
– क्वारेन्टाइन 
• नेपाल टेलिकमका कर्मचारीले नाफाका कति प्रतिशत बोनस पाउँदै आएका छन् ?
– ६ प्रतिशत 
• एउटा बैंकको खातामा रहेको रकम अर्को बैंकबाट भुक्तानी लिन अपनाइने प्रक्रियालाई के भनिन्छ ?
– लियरिङ
• हवाई क्षेत्रमा एयरलाईन्सको टिकट बिक्रेताको कति प्रतिशत कमिशन हुन्छ ?
– ९ प्रतिशत 
• नेपाली आकाशमा हुने अन्तराष्ट्रिय उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बजार कति प्रतिशत रहेको छ ?
– ४ प्रतिशत 
• नेपालमा भएका हवाई दुर्घटनामध्ये कति प्रतिशतभन्दा बढी मानवीय त्रुटिले हुने गरको छानबिन आयोगको प्रतिवेदनमा छ ?
– ८५ प्रतिशत भन्दा बढी 
• नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको उडान सुरक्षा मापदण्ड विभागको तथ्यांक अनुसार २०७० साल फागुन १० गतेसम्म कति वटा हवाई दुर्घटना भएका छन् ?
– ७५ वटा 
• प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीकी पत्नी लुइज मेरी रोज र १६ बर्षीया छोरी बारबरा हिलारी फाप्लु जान हिडेँको जहाज बौद्दमा दुर्घटनामा परेर निधन भएको थियो भने त्यो दुर्घटना कहिले भएको थियो ?
– सन् १९७५ मार्च ३१ तारिख
• नेपालमा पहिलोपटक केबलकार सञ्चालन गरेका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको निधन कहिले भयो ?
– वि.सं २०७० फागुन १ ( मनकामना केबलकार सञ्चालन – वि.सं २०५५ साल मंसिर ८ गतेदेखि 
• कुन चरित्रका कुन अभिनेता वा अभिनेत्री खेलाउने भन्ने निर्णय कसले गर्दछ ?
– कास्टिक निर्देशकले 
• नेपालमा सर्वप्रथम कास्टिङ निर्देशक राख्ने चलन कुन चलचित्रबाट शुरु गरिएको हो ?
– कागबेनी 
• अर्की आईमाई उपन्यासकी लेखिका को हुन् ?
– निलम कार्की निहारिका 
• पत्थर पगाल्दै निबन्ध संग्रहका लेखक गोपाल सञ्जेल हुन भने माथापच्ची निबन्ध संग्रहका लेखक को हुन् ?
– विनयकुमार शर्मा 
• सन् २०१३ को अम्बेडकर अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्व को हुुन् ?
– मीन विश्वकर्मा 
• नेपालको कुन एकमात्र जातिमा एक पुरुषकी एकमात्र पत्नी र एक नारीका एकमात्र पति हुनुपर्छ भन्ने मान्यता छ ?
– व्यासी 
• दासदासीलाई दासत्वबाट मुक्ति दिने कार्यलाई के भनिन्छ ?
– अमलेख 
• प्रसिद्द भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई राष्ट्रपति प्रणव मुखर्जीबाट भारत रत्न कहिले प्रदान गरिएको थियो ?
– सन् २०१४ फ्रेबुअरी ४ तारिख ( उनि सगैँ रसायनशास्त्री प्राध्यापक सीएनआर रावलाई पनि भारत रत्न प्रदान गरिएको थियो ) 
• चिसोको बेला हालखुट्टाका औला तथा नाक,कान सुन्निनेलाई चिकित्सकीय भाषामा के भनिन्छ ?
– पर्नियोसिस 
• विश्वको सबैभन्दा अग्लो प्राणी जिराफ र मानिसको घाँटीमा बराबर हड्डी हुन्छन् भन्ने भन्नुहोस् कतिवटा हड्डी हुन्छन् ?
– ७ वटा 
• आजभन्दा चार बर्षअघि संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको विश्वभरिका गिद्द संरक्षणमा लागेका २५ संघसंस्थाको भेलाले कुन दिनलाई गिद्द संरक्षण दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ?
– सेप्टेम्बर ३
Continue Reading | comments

नव वर्ष

Apr 14, 2014

मनको आँगनमा फूलोस् सदभावना 
 सफलताको संधै शुभकामना 
 जीवनको हरमोड सुखमय होस् 
 यो नयाँ वर्ष मंगलमय बनोस 

 आफन्तको मायाँ रंगियोस अझ गाढा 
 बैरीको नजर भागोस कोसौं कोस टाढा 
 हरेक दिन खुसीको शुर्योदय होस् 
 यो नयाँ वर्ष मंगलमय बनोस 

 पुरा हुन् सबै आशाहरु 
 जलेर जाउन् निरासा हरु 
 घर आँगन ज्योतिर्मय होस् 
 यो नयाँ वर्ष मंगलमय बनोस
Continue Reading | comments

सात समुन्द्र पारीबाट

Apr 13, 2014

सम्झनाले
तड्पिरहदा छेवैमा रहेको कलम
घिसारें ।
खाली कापिका पाना पल्टाएं ।
एकबिहानै के भयो के ?
मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
सपनिमा देखिएको तिम्रो झझल्कोले
होला ।
ती पुराना यादहरुले होला|
अनी शुरुवात गरें,
लेख्न :: सात समुन्द्रपारिको यो परदेशबाट
धेरै धेरै
सम्झना तिमीलाई|आरामै त
होला भनी आशा मात्र
गरेको छु । भरोशा र
विश्वाशका खातिर तिमीले अरुकसैको काखी च्यापेपछी मलाई
सम्झना भन्दा फगत
केही नमिल्नेरहेछ |
म यो चिट्ठी किन लेखिरहेछु ?
कसलाई लेखिरहेको छु
भन्नेसम्म त याद छ । तर निर्जिब कलमको घांटी थिचि-
थिची अर्थ लाग्ने 'अर्थहिन'
वाक्यहरु किन ओकाल्न
बिबश बनाउदैछु भन्ने बिषय
कि त तिमीले
भाकेको भगवानलाई थाहा होला, कि तिमीलाई |
तिमीले
भाकेका भगवान त साह्रै पापी रहेछन
। तिनले
फोकटमा तिम्रो भेटी खाए ।
उनको नाममा मलाई पुकार्दै कुनैदिन तिमीले
खुल्ला आकाशमा उडाएका परेवाका बचेँरा ती युगल
जोडी,
हुर्केर, प्रेममा मस्तले जिएका छन रे
भन्ने खबर सुनें, मैले ।
तर जुन बस्तु प्राप्तिको लागि तिमीले धूप
सल्कायौ,
नैबेद्ध चढायौ ।
सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हालेर
निभायौ । अनी त
तिम्रो पुकाराको के अर्थ लाग्यो ? जे
कुरो संसारमा असम्भब छ भन्छन,
त्यो प्रेममा सम्भब हुन्छ
रे, भन्थ्यौ । रे आखिर रे मै रह्यो |
कलममा मसी सकिएला र
लेखिएका हरफहरु धर्-यात धुरुत
बनाइ टुक्रा-
टुक्रा पारी कापिका पानाहरु
फ्याक्छु
भन्छु, बेदनामा मेरो सट्टा कलम
रुदो रहेछ । मधुर आँखाबाट बलिन्द्राधारा आंशु चुहाए
जसरी मरे नसिद्दिने
रहेछ, कलमको मसिरुपी आंशु । म
सम्झाउछु, कलमलाई ।
"तं जे
मन लाग्यो तेही नलेख्, त्यो खाली कापीमाथि ।' ऊ त
उल्टै
मपट्टी निपरुपी मुन्टो बटार्दै
मसीरुपी आशु
चुहाउदो रहेछ र भन्छ, 'मलाई
पनि तपाईंसँग रुन मन लाग्यो |
तिम्रा नाममा लेखिएका मेरा हरेक
चिट्ठीहरु सदैब
अपुरा हुने गर्दछन । खै कुन्नी किन
हो ? तिनले बिषय
पाएनन भनुम् भने, संसारमा अरुले जस्तै बिषय(प्रेम)
गरेको हुँ मैले । रोमियो र जुलियट
हुन नसके
पनि मुनामदनको पाठकजस्तै बनुम्
भन्ने अभिलाषाले
पनि मेरा प्रयासहरु सधैं अपुरा रहे । म मात्रै
पछी लागेको थिएं भने मेरो कलमले
एउटा वाक्य राख्न
अनुमती माग्यो ;अर्धलिखित
यो गन्तब्यहिन
चिट्ठी म फेरी तिमीलाई पठाउं कि नपठाउं ?
दोधारमा थिएं ।
सडकमा बसेर चिच्याइ
सुनाइदिउंकी झैं
पनि नलागेको होइन ।
यही भित्तामा टांसिदिएको छु । मन लागे पढ । नलागे थुक,
आफ्नो बाटो लाग ।
तिमी बाटो लागे पनि यो मनबाट
सम्झना कहिल्यै
बाटो लाग्दोरहेनछ । ठिकै छ ।
तिमीलाई यो हरफ उपहारस्वरुप, कलम बन्द गर्छ

हाल टोक्यो जापान
Continue Reading | comments

नया वर्षको शुभकामना

नयाँ बर्ष २०७१ को सुखद उपलक्षमा म साथ भाइ ,समस्त पाठक श्रोता तया सुभचिन्तक हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । नया बर्ष ले सवैको मनमा शान्ति, सम्बृधि र नया सोचको आरम्भ गरोस, देशका जनताका आशा र आकंक्षाहरु अझेलमा परेको बर्तमान अबस्थामा नेपाली जनताले पुन अर्को आन्दोलन को सामना गर्न नपरोस । सबै लाइ नबबर्षको सुभकामना । तपैहरुले गर्न लग्नु भएको हरेक काम योजना तथा नयाँ सोचहरु सबै पुरा हुंदै जाउन यहि छ मेरो नया वर्षको शुभकामना !!!

टिकाराम गौतम
जरायोटार-०४, सिन्धुली हाल टोक्यो जापान
Continue Reading | comments

Pageviews

Followers